गायक राजेश राईको पुन नयाँ म्युजिक भिडियो बजारमा

इनेप्लिज २०७५ जेठ २९ गते ११:१२ मा प्रकाशित
गायक राजेश राईको पुन नयाँ म्युजिक भिडियो बजारमा आएको छ | तोडियो , अर्खौले बजार , ए कान्छी जस्ता निकै उत्कृष्ट गीत दिएका गायक राईले यो पटक भने आइतबार नामक गीत लिएर दर्शक स्रोता माझ आएका हुन | निकै फरक शैलीको यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका छन |
लगभग 20 बर्ष अगाडिनै यस गीतलाई स्वयम सुरेश अधिकारिले आफ्नो स्वरमा रेकोर्ड गराएका थिए | भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा प्रेमिले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन सम्म कुर्दा खेरी हुने सारिरिक तथा मानसिक अवस्थालाई समेटेका छन् | यस गीतमा विनय केटुको संगीत सम्योजन रहेको छ |
आइतबारकै दिन पारेर रिलिज गरिएको यस गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजले अभिनय गरेका छन् | सधैं फास्ट विटको गीतमा देखिने भिमफेदी गाईजले यस भिडियो मार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन | भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ | भिडियोलाई खिच्ने अनी निर्देशन गर्ने काम भने नेपालका निकै ब्यस्त म्युजिक भिडियो क्यामेराम्यान ज्ञानेन्द्र शर्माले गरेको हो यस अघि पनि राजेशको अधिकांश भिडियो खिच्ने र निर्देशन गर्ने काम शर्मालेनै गरेको देख्न सकिन्छ | भिडियोलाई पवन सुस्लिङ -द मोन्टेजले सम्पादन गरेका छन् |

प्रतिक्रिया