आइतबार, असार १० २०७५ | Sun, June 24, 2018
नेपालको समय: १०:४६ | Washington DC: 01:01

एन्टाको बार्षिक साधारण सभा दूरसंचार प्रणालीको माध्यम बाट सम्पन्न

 

विजय थापा ,अमेरिकामा नेपालका विभिन्न तराई जिल्लामा बसोबास गर्ने तराई मूलका नेपालीहरुले स्थापना गरेको एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा) को बार्षिक साधारण सभा सम्पन्न भएको छ । गत जुन १० तारिख आइतबार उक्त सम्मेलन विभिन्न महत्वपूर्ण बिषयमा केन्द्रित गर्दै सफलता पूर्वक सम्पन्न गरेको छ ।

अमेरिकामा रहेका विभिन्न संघ/संस्थाहरुले गर्ने बार्षिक बैठक भन्दा यो बैठक अलिक पृथक रहेको संस्थाका अध्यक्ष विजय सिंहले बताए । अमेरिकामा बाह्रै महिना मानिस व्यस्त रहने अवस्थालाई मध्ये नजर गर्दै भौतिक रुपमा उपस्थिति नजनाई केवल दूरसंचार प्रणालीको माध्यमबाट सम्पन्न भएको हो ।

उक्त बार्षिक बैठकमा अमेरिकाका विभिन्न राज्यहरुबाट समिति सदस्यहरु ,साधारण सदस्य ,सल्लाहकार ,आमन्त्रित सदस्यहरुको सहभगिता रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष विजय सिंहले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष सिंहले संस्थाको उद्धेश्य , दर्शन आदी को बारेमा समेत चर्चा गरेका थिए । सिंहले अहिले सम्म आफ्नो कार्यकालमा भएका गतिबिधि ,गरिएका कार्यक्रम ,उपलब्धि बारेमा जानकारी दिएका थिए । साथै भावी योजना बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रम दूरसंचार प्रणालीको माध्यम बाट सम्पन्न अमेरिकाको पूर्वीय समय जुन १० तारिख साँझ ६ :३० -१० बजे सम्म चलेको थियो । उक्त कार्यक्रममा प्रसस्त जिज्ञाशा राखिएको थियो । त्यसको जवाफ अध्यक्ष सिंहले दिएका थिए । एन्टालाई सहभागीहरुले सुझाव सल्लाह दिएका थिए ।

एन्टाले आफ्नो मार्ग दर्शन अनुसार काम गरेको र यस्मा आबद्ध पदाधिकारी ,सदस्य ,बिभिन्न समितिमा रहेका पदाधिकारीहरुले संस्थालाई कसरि राम्रो बनाउन सकिन्छ भनि सुझाव सल्लाह दिएका थिए । सुझाव सल्लाह दिने क्रम मै नेपालमा विविधता चिट्ठा (डिभी )परेकाहरु अमेरिका जाने बारेमा अन्यौलमा परेका तराईबासीलाई सहयोग र मार्ग दर्शन दिने ,अमेरिका भर्खर आएकालाई कसरि सहयोग गर्ने ,अमेरिका भर्खर आएका बिद्यार्थीहरुलाई कसरि उच्च शिक्षा र अन्य बिषयमा सहयोग गर्ने बारेमा लगायत बिषयमा छलफल भएको थियो ।

एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा) ले बिगतमा सन् २०१५ मा गएको महाभूकम्प ,तराईमा बाढी पिडितलाई आर्थिक तथा अन्य सहयोग ,जाडोमा कम्मल वितरण ,महिला हिंसाको बिरुद्ध परियोजना ,दलित वस्तीको लागि पुस्तकालयमा काम गरेको छ ।

साथै अमेरिकामा छैठ पर्व तथा अमेरिकाका विभिन्न राज्यहरुमा होलि मनाउदै आई रहेको छ । आगामी सन् २०१९ मा संस्थाको साधारण सभा तथा बार्षिक अधिवेसन हुने र नया नेतृत्व को चयन समेत हुने छ । संस्थाले गरेको गतिबिधि बारे सबैले जानकारी पाउन भन्ने उद्देस्यले एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा) ले बार्षिक भेलाको आयोजना समेत गरेको हो ।

२०७५ जेठ २९ गते २३:५६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी