बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिर श्रीमद भागवत महापुराण सुरु ,आज तेश्रो दिन

इनेप्लिज २०७५ जेठ ३० गते ०:४५ मा प्रकाशित

विजय थापा , वाशिंगटन डिसी ,जुन १२ ,बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिरमा गत जुन १० तारिख देखि सप्ताहब्यापी महा पुराण कथा आज तेश्रो दिनमा प्रवेश गरेको छ ।

गत जुन १० तारिखबाट सुरु भएको महापुराण कथाको तेश्रो दिन नेपाल बाट आउनु भएका नेपाली कथा वाचक पण्डित सूर्य मोहन आचार्य तथा पण्डित भिमराज कोइरालाले वाचन गरि रहनु भएको छ ।

आगामी जुन १६ तारिख श्रीमद्भागवत महापुराण समाप्त हुने छ भने जुन १७, २०१८ मा हुन गहिरहेको श्री पशुपतिनाथ मन्दिरको समुदघाटन कार्यक्रम हुने छ ।

नेपालको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा आरधना हुन्छ सत प्रतिसत त्यहि प्रकृयाबाट यो मन्दिरमा गरिने छ ।

मन्दिर संगै कृष्ण मन्दिर ,बुढानिलकण्ठ को मुर्ति ,बुद्धको पार्क शान्ति उद्यान ,माउन्ट कैलाश अतिथि गृह ,हरि ओम फूल बगैचा समेत बनाउने योजना रहेको छ ।

शिव लिङ्ग ,गणेश को मुर्ति तथा शिव पार्वती लगायत प्रतिमाहरु स्थापना गरि सकिएको भएता पनि शिव लिङ्क को आगामी जुन १७ तारिख देखि मात्र प्राण प्रतिष्ठा गरे पछि सार्बजनिक गरिने छ ।

गत अक्षय तृतीया अप्रिल १८ तारिख बुधबार उक्त पशुपतिनाथ मन्दिरले आफ्ना भावी कार्यक्रम सप्ताह यज्ञ तथा मन्दिरको समुद्घाटन कार्यक्रम बारे जानकारी गराएका थिए ।

आगामी जुन १७ का दिन हुने समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी तथा जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दास संयोजक रहेका छन् ।

मन्दिरको नित्य पूजा गर्न र मन्दिर उद्घाटन कार्य सु सम्पन्न गर्न पण्डित सूर्य मोहन आचार्य तथा पण्डित भिमराज कोइराला नेपाल बाट आई सक्नु भएको छ

मन्दिरका उपसभापति विश्वराज गौतम तथा मन्दिरका कार्यकारी सदस्य तथा समुद्घाटन समारोहका संयोजक डा बिशाल भण्डारीले सबै लाई आगामी महापुराण तथा समुद्घाटन कार्यमा आउन चूलो निम्तो दिएका छन् । साथै सबै अतिथिहरुले समेत कार्यक्रममा आउन आग्रह गरेका छन् । आगामी जुन १७ तारिख दिउसो ४ बजे देखि समुद्घाटन हुने छ ।

प्रतिक्रिया