आइतबार, असार १० २०७५ | Sun, June 24, 2018
नेपालको समय: १०:४५ | Washington DC: 01:00

कुटपिटबाट मृत्यु

राजविराज, ३० जेठ: राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हँुदा मृत्यु भएको हो ।

मण्डललाई कसले, किन हत्या गरेकोे भन्ने खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

यसैबीच कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७५ जेठ ३० गते १२:१४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी