बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: २१:०२ | Washington DC: 11:17

प्रधानमन्त्रीले चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन सक्नुपर्छः भण्डारी

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् ।

बिहीबार रिपोर्टर्स क्बलले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको स्मरण सुनाउँदै भण्डारीले भने, ‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिईएन ।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चीनियाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाए । उनले भने, ‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याईदिओ भने प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण हुन्छ ।’

नेता भण्डारीले नेपालका नेताहरु विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाए ।

नेकपाका नेता दिनानाथ शर्माले प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिक भन्दापनि सद्भावपूर्ण भ्रमण हुने बताए । चीनको ‘वान बेल्ट वान रोड’को वेल्ट एण्ड रोड ईनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाईदा लिनुपर्ने शर्माको तर्क छ । उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु ।’

नेता शर्माले संविधानको परिधिभित्रै रहेर फरक–फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएकोले अहिले ती दुई पार्टीबीच एकता भैसकेको बताउँदै भने ,‘उहाँहरु निर्वाचित भएसँगै स्वतन्त्र हुनुभएको छ, दलको सदस्यबाट राजिनामा समेत दिसक्नुभएको छ, त्यसैले उहाँले अब छोड्नुपर्छ भन्ने लाग्दैन, राजिनामा दिँदा पनि संवैधानिक प्रश्न उठ्छ, प्रतिपक्षी दलले आफूले उक्त पद पाउनुपर्छ भनेर राजिनामाको कुरा उठाउने र छलफलको विषय बनाउने काम गरेको छ, यसमा दुवै पक्ष बसेर निकास निकाल्नुपर्छ ।’

२०७५ जेठ ३१ गते ११:२५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी