तातो समाचार : एनआरएन अमेरिका बिरुद्ध टेनेसी अदालतमा मुद्धा दायर भएको पुष्टी ,भोली सम्म न्यायाधिसले टुंगो लगाउने

इनेप्लिज २०७५ जेठ ३१ गते २२:४६ मा प्रकाशित

विजय थापा ,आगामी जुन १६-१७ का दिन सान फ्रान्सिस्कोमा हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सातौँ साधारण सभा र बिज्ञ सम्मेलन लाई अस्थाई रुपमा स्थगन आदेश गरि पाऊ भनि हालेको मुद्धा अफवाह र हल्ला नभई सत्यता भएको प्रमाण फेला परेको छ ।

गत जुन १२ तारिख नक्स काउन्टी टेनेसीको चानसरि अदालतमा उक्त मुद्धा दायर भएको हो । १९६०८१ दर्ता संख्या रहेको उक्त मुद्दामा प्रतिवादीमा तत्कालिन निर्वाचन समितिका निर्वाचन आयुक्त लगायत अन्य सदस्यहरु ,वर्तमान अध्यक्ष डा केशव पौडेल तथा अमेरिकाका लागि क्षेत्रीय संयोजक गौरी जोशीलाई समेत बनाइएको छ ।

संघ कानुनी रुपमा दर्ता भएको स्टेटको टेनेसी अदालतमा जुन १२, २०१८ मा स्थानिय समय अनुसार दिनको ४:२९ समयमा मुद्धा दर्ता भएको छ।

जुन १५ तारिख बिहान सम्म नक्स काउन्टी टेनेसीको चानसरि अदालतका अदालतले फैशला गर्ने बुझिएको छ । कानुनी रुपमा दुवै रोक्न अपिल र मुद्धा दुवै दर्ता भएका छन्। जुन १६ देखि हुने कार्यक्रमको लागि नेपाल लगायत अन्य देशबाट अतिथि ,अमेरिकाका विभिन्न स्थानबाट सन फ्रान्सिस्को पुग्ने क्रम सुरु भै सकेको छ ।

एनआरएन अमेरिकाकि पूर्व उपाध्याय तथा २०१७/२०१९ कि अध्यक्षकि प्रत्याशी रविना थापा संगक्यालिफोर्नियामा जुन १६ र १७ मा हुने विज्ञ भेला सम्वन्धि बिशेष कुराकानी । र वहाका धारणाहरू :,भेला हुन्छ या हुदैन ? उनका कुरा गम्भीर भएर सुनौ । ईनेप्लिज प्रत्यक्ष प्रसारण विजय थापा को साथमा मे १३ , समय विहान १०:१० बजे

Posted by Enepalese on Sunday, May 13, 2018

सबै तयारी भै रहेको अवस्थामा भोलि जुन १५ का दिन न्यायाधिसको निर्णय जे पनि आउन सक्ने छ । वादीले एनआरएनएको बिधान आइभी (IV) १६ अनुसार निर्वाचन नभएको हुनाले भबिष्यमा निर्वाचन खारेज पनि हुन् सक्ने छ।

साथै बिधान मिचेर निर्वाचन गराईएको भनि मुद्धा दायर भएको हो । साथै प्रमाणीकरण समितिले समेत सदस्यता प्रमाणिकरण त्रुटी गरेकोले अप्ठ्यारोमा पर्न सक्ने छ ।

गत जुन १३ तारिख एनआरएन अमेरिकाले एक छापा बिज्ञप्ति निकाली आउँदो शनिवार र आइतबार (जुन १६ -१७ ) हुने एनआरएन विज्ञ भेला तथा वार्षिक साधारण सभा निर्धारित कार्यक्रम अनुसार नै सम्पन्न हुने जनाएको छ।

साथै एनआरएन अमेरिकाका विरुद्ध मुद्दा दायर गरेको र कार्यक्रम नहुने अफवाह फैलाइरहेको स्थितिमा एनआरएनले कुनै पनि प्रकारका अफवाहमा नलाग्न अनुरोध गर्दै सबै कार्यक्रमहरू यथावत रहेको जानकारी गराएको छ ।

उक्त छापा बिज्ञप्तिमा एनआरएनका क्षेत्रीय संयोजक गौरी जोशी र एनआरएन अमेरिकाका सभापति डा. केशव पौडेलद्वारा सयुक्त रूपमा हस्ताक्षरित सो विज्ञप्तिमा दुषित विचार र व्यक्तिगत कुण्ठाबाट ग्रसितहरूले निराधार विषयलाई आधार बनाई अमेरिकाबासी हजारौँ नेपाली दाजु भाइ दिदी बहिनीहरूको अधिकारमाथि प्रहार गर्नका लागी मुद्दा दायर तथा सम्मेलन रोकिएका जस्ता हल्लालाई प्रोत्साहन दिएको उल्लेख कुरा समेत उल्लेख गरेको छ ।

वादीले दुषित र व्यक्तिगत कुण्ठाका लागि नभई यो एनआरएन जस्तो गरिमामय संस्थालाई सबै नेपालीको लागि हुने र नेतृत्व गर्न पाउनको लागि र यसलाई सच्याउनको लागि अदालतमा मुद्धा दायर गरेको जानकारीमा आएको छ ।

बिगतमा भएका कुनै पनि वार्ता र सम्झौता लाई संस्थापन पक्षले लत्याएको हुदा अदालत जान बाध्य परेको बताइएको छ । यस्तो प्रकारको विकृतिको अन्त्य हुनु पर्ने माग राख्दै मुद्धा दायर भएको र यो मुद्दा लामो समय सम्म चल्ने छाट देखिएको छ । टेनेसी अदालतका न्यायाधिसले जे जस्तो निर्णय गरेता पनि स्थगन आदेश को निर्णयलाई स्वीकार गर्ने र अन्य मुद्धाहरु निरन्तर चलि रहने सम्भावना रहेको बुझिएको छ ।

 

प्रतिक्रिया