डिसीमा हुने “नेप्लीज अमेरिकन कन्भेन्सन” को तयारी द्रूतगतिमा

इनेप्लिज २०७५ असार १ गते ०:१७ मा प्रकाशित

विजय थापा ,डिसीमा हुने “नेप्लीज अमेरिकन कन्भेन्सन” को तयारी द्रूतगतिमा अगाडी बढी रहेको छ जानकारी सम्मेलन संयोजक बिनालामा खड्काले दिएकी छिन् । एफ वान समुह ग्रुप द्वारा आयोजना हुने सम्मेलन आगामी जून २९ शुक्रबार देखि जुलाई १ तारिख आईतबार सम्म हुनेछ । न्याकको तेश्रो सम्मेलन भर्जिनियाको हरन्डन स्थित हिल्टन डलस होटेल(अतिथि गृह )मा आयोजना हुने भएको छ ।

सम्मेलन संयोजक बिना लामा खडकाले ३ दिन सम्म संचालन हुने सम्मेलनमा जून २९ शुक्रवार बेलुकी ६ बजे उद्घाटन समारोह हुने बताइन । उनले बिशेष गरि बालबालिकालाई केन्द्रित गर्दै बालबालिकाहरुका लागि भेषभुषा प्रदर्शनी ,प्रतिभा प्रस्फुटन (ट्यालेन्ट-शो ) शनिबार र आइतबार हुने बताएकी छिन् ।

यसको साथै आफ्नो प्रतिभा प्रदर्शन गर्न आउने जो कसैले पी मौका पाउने र सम्पर्क गर्न आग्रह गरेकी छिन् । बिशेष गरि डिसी महानगर क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह समेत गरेकी छिन् । उक्त प्रदर्शन गर्न निशुल्क पाउने छन् तर सांस्कृतिक कार्यक्रम ,डिजे ,हिपहप ,कन्दरा आदी ईत्यादी हेर्न चाहेमा न्युनतम रकम तिर्नु पर्ने बताईन ।

डिसीमा तेस्रो नेप्लिज अमेरिकन कन्भेसन (सम्मेलन ) जुन२९-जुलाई १ ,सम्म हुदैछ ! सम्मेलन बारेमा सह संयोजक विना लामा , संजोग निरौला तथा विज्ञान श्रेष्ठ सग विशेष विशेष कुराकानी : विजय थापा

Posted by Enepalese on Monday, June 11, 2018

खेलकुद सह संयोजक बिज्ञान श्रेष्ठले खेल मैदान नजिक रहेको र यस पटक सहभागी टोलिहरुको पनि राम्रो सहभागिता रहेको जनाएका छन् । उनले हरेक बिहान ८ :०० बजे देखि भकुण्डो ,बास्केटबल लगायत अन्य खेलहरु खेलाइने बताए । उनले अगाडी भने क्यालिफोर्निया ,न्युयोर्क ,टेक्सस ,बाल्टिमोर डिसी तथा भर्जिनिया बाट खेलकुद टोलि को सहभागिता हुने बताए ।

नेपाली चलचित्र “छिरिङ्ग” को प्रदर्शन हुनेछ भने शनिवार कुशल बास्ताकोटीको आर्ट (चित्रकला ) प्रदर्शनी हुनेछ । साथै नेपालको चर्चित तथा लोकप्रिय “कन्दरा ब्याण्ड “को पहिलो प्रस्तुति शनिवार हुने छ । अन्तिम दिनको साँझ पुरस्कार वितरणको कार्यक्रम हुनेछ । हिप-हप र डिजे हरेक दिन राखिएको छ ।

प्रतिक्रिया