आर एन ग्रुप्सको सहयोगमा क्यानड!मा फेशन शो सम्पन्न

इनेप्लिज २०७५ असार १ गते २:५४ मा प्रकाशित

क्यान एजुकेशन फाण्डेशनले क्यानडामा पहिलो पटक आयोजनामा गरेको फेशन शो भब्य रुपमा सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम राम्रो भएको उपस्थित नेपालीहरुले राम्रो प्रतिक्रिया दिएका थिए । पहिलो पटक भएको भए पनि कार्यक्रम सोचेको भन्दा उत्कृष्ट भएको आयोजक संस्थाले जनाएको छ ।

गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न फेशन शोमा त्यहाँ रहेका नेपाली तथा क्यानेडियन मोडलहरुको सहभागी रहेको थियो । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन ।

उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने आयोजक संस्थाका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको आयोजक संस्थाकी सम्झना लामाले जानकारी दिइन ।

जुन एकमा क्यानडामा भएको उक्त शोमा प्रतिमा मर्हजनको डिजाइनमा जोजोलोप्पा कलेक्सनले तयार पारेको ड्रेसमा मोडलहरु प्रस्तुत भएको र कार्यक्रम राम्रो भएको कोरियाग्राफर भण्डारीले बताइन । फेशन शोमा कल्चरल ड्रेसको डिजाइन भने शुभमंगलम ट्रेडसले तयार पारेको थियो । क्यान एजुकेशन फाण्डेशनले यस अघि पनि रशलाईट मिडियासंगको सहकार्यमा फेशन शो सफलतापूर्वक सम्पन्न गरेको थियो ।

आर एन  आर Groupsको सहयोगमा यो फेशन शो सम्पन्न भएको थियो ! आर एन आर Groups का रोसन पूरीले जानकारी गराए अनुसार अर्को बर्ष पनि फेशन शो हुने कुरा बताए !

 

प्रतिक्रिया