जसलाई अपाङ्ग भएकै कारण आफ्नै जन्मदिने आमाले समेत छाडेर पोइल हिडिन [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ असार २ गते १५:०९ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। संजिता लामा ओखलढुंगामा जन्मेहुर्केकी भएता पनि अहिले टिकाथलि, ललितपुर उनको कर्मथलो बनेको छ। ओखलढुंगा देखि उनी कसरी टिकाथलि सम्म आइपुगिन् त ? यसमा उनको जीवनको कथाव्यथा लुकेको छ।

संजिताको खुसि परिवार थियो। उनको घरमा उनको हजुरआमा, बाबा र ममी गरेर ४ जनाको सदस्य थिए। सानो परिवार र खुसि परिवारमा एक्कासी कालो बादल मडारियो। या भनौ खुसि परिवारमा दैवको आँखा लाग्यो। संजिता करिव दुई वर्षकि थिइन् होला, उनको पिताको निधन भयो। सानै उमेरमा आफ्नो पिताको निधन भएकाले उनलाई आफ्नो पिताको अनुहार सम्म याद छैन।

पिताको निधन पछि उनको आमाले पनि छोडेर गईन्। कस्तो कठोर मन आफ्नो नाबालक सन्तानलाई चटक्कै छाडेर जान सक्ने। संजिता एक्ली भईन्। अब संजिताको ४ सदस्य भएको परिवारमा २ सदस्य मात्र बाँकी रहे: उनी र उनको हजुरआमा। आज भन्दा भोलि भन्दा संजिता पनि ठुली हुँदै गइन्। आफ्नी नातिनीलाई मेलापात गरेर भए पनि हुर्काइन् संजिताकि हजुरआमाले। अहिले संजिता १७ वर्षको भईसकिन्।

अहिले उनी बुझ्ने भईसकेकी छिन्। उनी भन्छिन्, ‘म सानै छदाँ बाबा बित्नु भयो। मैले बाबाको माया महसुस गर्न पाइन। जिउदो आमाले पनि म अपांग भएर होला छोडेर जानु भयो। म आमालाई एउतै प्रश्न गर्न चाहान्छु कि मलाई किन छोडेर जानु भो ? मलाई यसको जवाफ दिनुहोस् र हजुरको जीवन खुसीसाथ जिउनुहोस्।’

संजिता शारीरिक रुपमा अपांग छिन्। तर उनी मानसिक रुपमा आम मानिस जस्तै स्वस्थ र अब्बल छिन्। अपांग भएकै कारण उनी गाउँघरमा काम गर्न जाँदा उनलाई हेप्ने, नराम्रो शब्दले गालीगलौज गर्ने गर्दथे। उनी अरुको घरमा कमारी जस्तो भएर नबसेकी पनि होइनन्। तर त्यहाँ पनि उनलाई अपांग भनेर निकालियो। जहाँ पनि तिरस्कार र हेला सहनु पर्दा उनलाई निकै नराम्रो लाग्दथ्यो। एकान्तमा बसेर रुने त उनको दिनचर्या नै बनिसकेको थियो।

उनी आफुसँग मोबाइल नभएता पनि साथीको मोबाइलमा आफैल रिचार्ज हाल्दिएर सामाजिक संजालमा समाजसेवीको अन्तर्वार्ता र उनीहरुको कार्य हेर्ने गर्दथिन्। त्यस्तैमा एकदिन उनले समाजसेवी बिनय जंग बस्नेतको अन्तर्वार्ता देखिन्। बेवारिसे लासको उत्थान गर्दै गरेको भिडियोले उनको मन छोयो। मरेकालाई त यसरी उत्थान गर्ने व्यक्तिले म जिउदोलाई त कसो साहारा नदिनुहोला र भन्ने उनको मनमा लाग्यो। उनले समाजसेवी बिनय जंग बस्नेतको सम्पर्क नम्बर पनि युट्युब मार्फत नै पाइन् र उनलाई सम्पर्क गर्ने निधो गरिन्।

बिगत लामो समय देखि समाजसेवामा लागेका बिनय जंग बस्नेत वेवारिसे लासको उत्थान गर्दै जलाउने, जाडरक्सिको कुलतमा फसेकालाई कुलतबाट निकाल्ने, गरिव, असहाय र दुखिलाई सकेको सहयोग गर्ने गर्दछन्। यो सब त उनको जीवनको एक पाटो नै बनिसकेको छ। उनको याक्सन फर सोसियल चेन्ज नामक एक संस्था पनि रहेको छ जसले समाज सेवामा अतुलनिय योगदान पुराउदै आएको छ।

समाजसेवी बिनय जंग बस्नेतको मन एकदम ठुलो छ। उनको त्यो विशाल हृदयमा संजिता पनि अटाइन्। संजिताले आफ्नो दुखका कुरा सुनाए पछि उनले आफ्नो मन थाम्न सकेनन्। उनले संजितालाई ललितपुर बोलाए र उनलाई पढाउने, लालनपालन गर्ने जिम्मा लिए। अहिले संजिता याक्सन फर सोसियल चेन्ज नामक संस्थामा नै बसेकी छिन्।

संजिता समाजसेवी बिनयलाई बाबा भनेर सम्बोधन गर्छिन् र उनले छोरी भन्छन्। उनले भने ,’मेरो परिवारमा एक नयाँ सदस्य थपिएको छ। मैले छोरी पाएको छु र उनले बाबा। मैले सकेको उनको उज्वोल भविष्यको लागि गर्नेछु।’

संजिता अहिले समाजसेवी बिनायकै सहयोगमा ललितपुरको महेन्द्र शान्ति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्। उनी ललितपुर आएको करिव ३ महिना जस्तो भइसकेको छ। धेरै पढेर उनी पनि आफु जस्तै गरिव दुखि, बेसाहारालाई सहयोग गर्न चाहन्छिन्।

पढाईमा अब्बल उनी शुर तालमा मिठो गीत गाउछिन्। भविष्यमा गायिका बन्ने उनको रहर छ। उनको यो रहर पुरा गर्दिन सहयोग गर्ने समाजसेवी बिनयको भनाई रहेको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया