पहल नेपालको नेतृत्व विकास तथा बोल्ने कला तालिम

इनेप्लिज २०७५ असार ३ गते १२:२९ मा प्रकाशित
पोखरा ३ असार ः सामाजिक न्याय र समताको लागि पहल नेपालको संयोजनमा शसक्तीकरणसंगै महिलाहरुमा बोल्ने कलाको विकास गर्न उद्ेश्यले एक दिवसिय नेतृत्व विकास तथा बोल्ने कला तालिम सम्पन्न भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वार्ड न ५ मालेपाटन स्थित आफ्न्त बचत तथा ऋण सहकारी संस्थाको  महिला जागरण उपशाखाको आयोजनमा भएको कार्यक्रममा सहकारीका तिन दर्जन महिलाले उक्त तालिम लिए  ।
तालिमको उद्घाटन गदै वार्ड न ५ का  वार्ड अध्यक्ष धन बहादुर नेपालीले महिला शसक्तिकारण विना समद्ध समाजको परिकल्पना नहुने बताउनु भयो । उहाँले महिला वच्चा जन्माउने साधन मात्रै समाज परिवर्तको संवाहक भएकाले पनि अव चुलो चौकोमा सिमत हुननहुने बताउनु भयो  । कार्यक्रमको प्रमुख अतिथी तथा वार्ड अध्यक्ष नेपालीले सहकारीले बचत गर्ने बोनस बाडने मात्र नभई महिलाहरुको सामाजिकीकरणमा ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।
प्रशिक्षक तथा सामाजिक न्याय र समताको लागि पहल पहल नेपालका संस्थापक अध्यक्ष प्रकाश अधिकारीले महिला स्वजागरणमा जोड दिनुभयो  । महिला सवैभन्दा वढि महिलाबाट नै हिँसामा पर्ने भन्दै एक महिलाले अर्को महिलालाई सम्मान गर्नुपर्ने बताउनु भयो ।
आफ्न्त बचत तथा ऋण  सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद बरालले आफ्नो संस्थाले पहिलो पटक महिलाहरुका लागी तालिम आयोजना गरिएको बताउनु भयो उहाँले पहल नेपालसंग सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा संगसंगै सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो  ।
प्रशिक्षक तथा पहल नेपालका तालिम संयोजक प्रमिला बरालले महिलाले राम्रो संग बोल्न नस्कदा धेरै दुख पाउने गरको बताउनुभयो । उहाँले यो तालिमले महिलाले  आफँुलाई परेको समस्या सम्वन्धीत निकायमा प्रस्टसंग प्रस्तुत गर्न र अधिकारको लागी बोल्न सक्ने बनाएको विस्वास व्यतm गर्नुभयो ।
सहभागीको तर्फबाट निरा गौतम र कमला गौतमले तालिममा छोटो समयमा धेरै कुरा सिकेको भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने बताए  ।
कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।  प्रमुख अतिथी तथा वार्ड न ५ का वार्ड अध्यक्ष धन बहादुर नेपालीलाई पहल नेपालका उपाध्यक्ष निलम पौड्याल र प्रशिक्षकहरुलाई सहकारीका अध्यक्ष गोविन्द प्रसाद बरालले मायाको चिनो प्रदान गर्नु भयो । कार्यक्रममा पहल नेपालका उपाध्क्ष निलम पौड्याल , सचिव दिप्ती गुरुङ र कोषाध्यक्ष शान्ती पोख्रेलको विषेश उपस्थिती रहेको थियो  ।
आफ्न्त बचत तथा ऋण  सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको तालिमको संचालन वार्ड सचिव हरि प्रसाद अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया