सान फ्रान्सिस्कोमा एनआरएनको पहिलो विज्ञ भेला सम्पन्न: विज्ञहरुले एनआरएनको माध्यमबाट स्वदेशको विकासमा आफ्नो ज्ञान शिपको प्रयोग गर्ने

इनेप्लिज २०७५ असार ३ गते १३:४४ मा प्रकाशित

गुणराज लुइटेल

सान फ्रान्सिस्को, अमेरिका ।एनआरएन केन्द्र (आइसिसी) को पहल र एनआरएनअमेरिकाको सहभागितामापहिलो पटक यहॉ उत्तर अमेरिकाक्षेत्रीय स्तरको विज्ञ भेला एवंछलफल शनिबार सम्पन्न भयो । विभिन्न सात फरक विधामासंचालित सो भेलामा तीन दर्जनजति विषय विज्ञता सम्बन्धीकार्यपत्रहरु प्रस्तुत गरिएका थिए।

भेलामा अमेरिका र क्यानडाकाविद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सात विषयहरु मा शिक्षा र विकास, विकासटेक्नोलजी र बिग डेटा, ग्रामीणविकास तथा प्लानिंग, कृषि तथाकृषि अर्थनीति, पर्यटन तथाराष्ट्रिय स्रोत परिचालन, स्वास्थ्य प्रविधि तथा विज्ञानजस्ता विषयमा कार्यपत्र प्रस्तुतभएका थिए ।

एनआरएनले एक्सपर्टहरुको डाटा बेश तयार गर्नु पर्ने त्यसो भए सांच्चिकै जरुरी परेको बेला उनीहरुलाई सदुपयोग गर्न सकिने सुझाव धेरैले दिएका थिए । सो सभा समाप्त भएपछि प्रेस वक्तब्य दिंदै एनआरएनआईसीसीका प्रवक्ता भुषणघिमिरेले बक्तब्य जारी गर्दै सभा एेतिहासिक रुपमा सफल भएकोबताउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ गैरआवासीय नेपाली संघ, गैरआवासीय नेपाली संघ राष्ट्रियसमन्वय परिषद अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रुपमाआयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनिया को सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भयो ।भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागिनेपाली डायोस्पोराकोभूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो ।

नेपालमा संक्रमण कालिनअवस्थाको अन्त्य भई नयाँराजनीतिक संरचना र स्थिर सरकार गठन भएको सन्दर्भमा यो सम्मेलनले नेपालको आर्थिक र सामाजिक विकासका योगदान दिने छ । विदेशमा कार्यरतनेपाली समुदायले आर्जन गरेको विज्ञता, सिप र दक्षता लाई नेपालको आवश्यकता अनुसार कसरी उपयोग गर्न सकिन्छ भन्ने पहिचान गरी नेपाल सरकार संग मिलेर अर्को बृहत सम्मेलनआयोजना गर्ने पूर्व तयारीका रुपमा यो सम्मेलन आयोजनागरिएको हो ।

सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक सामाजिक क्षेत्र संग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतकाक्षेत्रमा कसरी उपयोग गर्नसकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए। प्रस्तुत कार्यपत्र माथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरु माथि छलफल भएको थियो ।

यस अघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले सो सभा र एनआरएनको सातौंसाधारण सभाको उद्घाटन गर्नु भएको थियो ।

 

उद्घाटन सभामा नेपालका मन्त्री लालबाबु पण्डितले विदेशमा बस्ने नेपालीलाईपूर्व नेपाली भनेको प्रति विरोध जनाइएको थियो । मन्त्री अधिकारीले एक पटककोनेपाली सधैंको नेपाली भएकोले अरुको कुरामा नलाग्न अनुरोध गर्दै यसै वर्ष भित्रसरकारले एनआरएनका दोहोरो नागरिकता

लगायतको मागको विषयमा एनबनाउन आंटेको जानकारी गराउनु भयो ।

सम्मेलनमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रअधिकारी, पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवती प्रसाद भुसाल, अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा. अर्जुनकार्की, न्यूयोर्कका लागि महावाणिज्यदुत मधु मरासिनी तथा एनआरएनएका अध्यक्षभवन भट्ट, पूर्व अध्यक्ष जीवालामिछाने, उपाध्यक्ष द्धय कुमारपन्त र कुल आचार्य, महासचिवडा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरु डा. हेमराज शर्मा, हरिबोल भण्डारी लगायत एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रियअभियन्ताहरुको सहभागिताथियो । कार्यक्रम एनआरएनएअमेरिका क्षेत्रका संयोजक गौरीजोशीको संयोजनमा भएकोथियो । एनआरएनएअमेरिकाको साधारणसभाको पुर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेलासम्पन्न भयो ।

कार्यक्रममा अमेरिका, क्यानडा, वेलायत, जापान, मलेसिया, जर्मनी , रसिया, साइप्रस लगायतका देशहरु बाट सहभागिता थियो । एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनआरएनए क्यानडाकाअध्यक्ष गोपीकृष्ण काफ्ले लगायतका पदाधिकारी सहभागीहुनुहुन्थ्यो । विज्ञ भेलाको कार्यपत्र र प्रस्तुतीको संयोजन डा. रुद्र अर्यालको समुहले गरेको थियो । गैरआवासीय नेपाली बौद्धिक समुदायले विदेशमाआर्जन गरेको सिप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासकालागि उपयोग आवश्यक छ । तसर्थ एनआरएनए विदेशमा हुनुभएका विविध क्षेत्रकाविज्ञहरुसंग सवन्वय गरेर पुलकोरुपमा नेपाल सरकार, नीतिनिमार्ता र निजी क्षेत्रसंग कामगर्न प्रतिवद्ध छ ।

नेपाल सरकारकारमा माननीय मन्त्रि रविन्द्र अधिकारीले विज्ञसम्मेलनको निष्कर्षलाईसरकारले आत्मसात गर्नेप्रतिवद्धता गर्नुभएकाले हामीलाई थप हौसला मिलेको छ ।

गैर आवासीय नेपाली विज्ञहरुले विदेशमा आर्जन गरेको सिप, दक्षता, ज्ञान र अनुसन्धानदस्तावेज लगायतको पहिचानगर्दै देशको समृद्धिका लागि उपयोग गर्न सहयोग हुनेगरी विवरण राख्ने व्यवस्थाएनआरएनएले गर्नेछ । विज्ञभेला तथा काठमाडौंमा हुने सम्मेलनबाट आएका निष्कर्षलाई नेपालको समृद्धिमाउपयोग गर्न नेपाल सरकारसंग सहकार्य गर्दै संघले दिर्घकालिन कार्यक्रमहरुको तर्जुमा गर्नेछ । क्षेत्रिय रुपमा सम्पन्न हुने विज्ञभेलाहरु र आगामी अक्टोबरमाकाठमाडांैमा हुने सम्मेलनबाटआएका निष्कर्षहरुलाई श्वेतपत्र तयार गरी नेपाल सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।


नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० मा एनआरएनएलाई प्रमुख साझेदारबनाउने मन्त्री अधिकारीकोआग्रहलाई स्विकार्दै हामी यसकालागि सकृय भई सफल बनाउन हाम्रो संजाललाई अधिकतम्उपयोग गर्ने प्रतिवद्धता व्यक्तगर्दर्छौ । संविधानमा उल्लेखितगैर आवासीय नेपालीलाईनागरिकता दिने प्रावधानलाईसकेसम्म छिटो आवश्यक कानुनबनाएर लागु गर्न यो भेलाकोसरकारलाई आग्रह छ ।

तस्बिर तथा प्रतक्ष्य प्रसारण :गुणराज लुइटेल

एनआरएन केन्द्र (आइसिसी) र एनआरएन अमेरिकाको विज्ञ भेला एवं साधारण सभामा भाग लिन सहभागीहररु आउने क्रम जारी । अहिले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई एयरपोर्टमा स्वागत गरिदैं (Posted: Guna Raj Luitel from the Vanue)

Posted by Enepalese on Friday, June 15, 2018

एनआरएन विज्ञ सम्मेलन तथा एनआरएनको बैठकपूर्व प्रेस मिट

Posted by Enepalese on Friday, June 15, 2018

सान फ्रान्सिस्को, अमेरिका । एनआरएन केन्द्र (आइसिसी) को पहल र एनआरएन अमेरिकाको सहभागितामा पहिलो पटक यहॉ उत्तर अमेरिका क्षेत्रीय स्तरको विज्ञ भेला एवं छलफल हुंदै। लाइभ प्रसारण: गुणराज लुइटेल

Posted by Enepalese on Saturday, June 16, 2018

सान फ्रान्सिस्को, अमेरिका । एनआरएन केन्द्र (आइसिसी) को पहल र एनआरएन अमेरिकाको सहभागितामा पहिलो पटक यहॉ उत्तर अमेरिका क्षेत्रीय स्तरको विज्ञ भेला एवं छलफल हुंदै। लाइभ प्रसारण: गुणराज लुइटेल-२

Posted by Enepalese on Saturday, June 16, 2018

सान फ्रान्सिस्को, अमेरिका । एनआरएन केन्द्र (आइसिसी) को विज्ञ भेला एवं एनआरएनको सातौं वार्षिक साधारण सभाको संयुक्त उद्घाटन शनिबार सम्पन्न हंदै । उद्घाटन गर्दै हुनुहुन्छ प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी गर्नु हुंदै । अतिथिहरुमा पूर्व मन्न्री डा. प्रकाशचन्द्र लोहनी, एनआरएन आइसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकनमार कार्की आदि ।लाईभ: गुणराज लुईटेल

Posted by Enepalese on Saturday, June 16, 2018

सान फ्रान्सिस्को, अमेरिका । एनआरएन केन्द्र (आइसिसी) को विज्ञ भेला एवं एनआरएनको सातौं वार्षिक साधारण सभाको संय्क्त उद्घाटन शनिबार सम्पन्न हंदै । उद्घाटन गर्दै हुनुहुन्छ प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी गर्नु हुंदै । अतिथिहरुमा पूर्व मन्न्री डा. प्रकाशचन्द्र लोहनी, एनआरएन आइसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकनमार कार्की आदि ।-३ लाईभ: गुणराज लुईटेल

Posted by Enepalese on Saturday, June 16, 2018

सान फ्रान्सिस्को, अमेरिका । एनआरएन केन्द्र (आइसिसी) को पहल र एनआरएन अमेरिकाको सहभागितामा पहिलो पटक यहॉ उत्तर अमेरिका क्षेत्रीय स्तरको विज्ञ भेला एवं छलफल हुंदै। लाइभ प्रसारण: गुणराज लुइटेल-३

Posted by Enepalese on Saturday, June 16, 2018

विज्ञ भेला पछि एनआरएन भेलामा कविन्द्र सिटौला सगुनकोबारेमा प्रस्तुत गर्दै

Posted by Enepalese on Saturday, June 16, 2018

 

एनआरएन सॉस्कृतिक कार्यक्रम

Posted by Enepalese on Saturday, June 16, 2018

प्रतिक्रिया