काठमाडौँ, असार ३ गते । बूढानीलकण्ठ नगरपालिकाको आ.ब. २०७५/०७६ नीति तथा कार्यक्रम सार्वजनिक हुने पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी बुढानिलकण्ठले आ=ब= २०७५/०७६ को नीति तथा कार्यक्रम विगतका समीक्षा सम्बन्धी अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । बूढानिलकण्ठ नगरपालिकाले आउँदो १० गते नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
नेपाल कम्युनिष्टपार्टी प्रदेश सदस्य सुन्दर फुर्कोटीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सभासद् कुसुम कार्कीको प्रमुख आतिथ्यतामा असार २ गते शनिवार बूढानिलकण्ठ पार्टी प्यालेसमा सम्पन्न भएको थियो । सो अवसरमा प्रदेश –ख) क्षेत्र नं= ५ विघटित सभासद् शान्ति अधिकारी अन्य अगुवा कार्यकर्ताहरुले आआफ्नो धारणा राख्नुभएको थियो ।
सो अवसरमा बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले आर्थिक विकास योजना, पर्यटन पूर्वाधार, कृषि, फोहरमैला, सामाजिक विकास, शिक्षा लगयातका पाँच विषयवस्तुमा केन्द्रित रही नीति तथा कार्यक्रमका बारेमा आफूले विगत गरेका काम र भावी योजनाको बारेमा समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा बूढानिलकण्ठ नगरपालिकाको आगामी नीति कार्यक्रमका सन्र्दभमा धनबहादुर खाती, टेन्डी शेर्पा, विनिता गौतम, शंकर भट्टराई, बद्री कार्की, तोयानाथ अधिकारी, गीता मिश्र, सुशीला कठायत, सरिता निरौला लगायतद्वारा उब्जाइएका प्रश्न र गुनासोलाई काठमाडौँ क्षेत्र नं= ५ प्रदेश सभाका सदस्य दीपक निरौला र नगरप्रमुख उद्धव खरेल, उपमेयर रमा राईले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया