गायक हरिश माथेमाको नयाँ गीत “साथी हो या संगी” सार्बजनिक

इनेप्लिज २०७५ असार ६ गते १०:१३ मा प्रकाशित

अमेरिकाको न्यू योर्कमा बस्दै आएका प्रसिद्ध गायक हरिश माथेमाको नयाँ गीत “साथी हो या संगीको भिडियो ((श्रब्य दृश्य)सार्बजनिक गरिएको छ । लामो समय पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो।

उक्त नया गीतमा छुर्चिल थापाको शब्द तथा सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको भिडियोलाइ बसन्त महर्जनले छायांकन गरेका हुन् ।

किरण गिरीले सम्पादन गरेका छन् । व्हाईट पिगन मिडियाले निर्माण गरेको भिडियोलाई राज कुमार महर्जनले निर्माण तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया