भर्जिनियावासीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई स्वागत गर्ने

इनेप्लिज २०७५ असार ६ गते १०:४६ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी ,डिसी महानगर क्षेत्र नेपाली समुदायले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई स्वागत गर्ने भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन आउनु भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संग भेटघाट तथा स्वागत कार्यक्रम गरिने छ ।

आगामी शनिबार स्यानटिली शहरमा शनिबार जुन २३ तारिख दिउसो २ बजे कार्यक्रम तय गरिएको छ । यस भेकमा बसोबास गर्नु हुने र समय व्यवस्थापन गर्न सक्नु हुने सबैलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै संचार माध्यमका पहलमा हुने उक्त कार्यक्रममा सहभागी जनाई दिनु हुन् अनुरोध छ ।

ठेगाना :

मिति : जुन २३ तारिख
समय : दिउसो २ बजे
स्थान : 14102 sullyfield circle ste # 300 ,chantilly va २०१५१

प्रतिक्रिया