जेसीबी बोकेको ट्रक कोशी नदीमा खस्यो, २ जनाको मृत्यु

इनेप्लिज २०७५ असार ६ गते ११:१९ मा प्रकाशित

काठमाडौँ, ६ असार । जेसीबी डोजर बोकेको ट्रक कोशी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । ९ जनाको उद्धार गरिएको छ । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर ट्रक नदीमा खसेको हो ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो ।

बराइली र चौधरीलाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पु‍र्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया