सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: ०३:४५ | Washington DC: 18:00

सेनेगलद्वारा पोल्याण्डलाई २–१ ले पराजित

मस्को, ६ असार । दोश्रो पटक विश्वकप खेलेको अफ्रिकी देश सेनेगलले युरोपेली देश पोल्याण्डविरुद्ध जित दर्ता गरेको छ ।

१२ वर्षपछि विश्वकपमा फर्किएको पोल्याण्ड २–१ ले पराजित भएको हो । पोल्याण्ड आत्मघाती गोलबाट ३७ औं मिनेटमा पछि परेको थियो ।

पोल्याण्डका थिएगो क्लोनेकले विपक्षिको प्रहार रोक्न खोज्दा आफ्नै पोष्टमा प्रहार गरे । ६० औं मिनेटमा सेनेगलका एम्बेयी नियङले अग्रतथा दोब्बर पारे ।

ग्रेजगोर्ज क्रोकीकले ८६औं मिनेटमा गोल गर्दै गोलअन्तर घटाएपनि त्यस पछि गोल थप्न नसक्दा पहिलो पटक पोल्याण्ड अफ्रिकन देशसँग पराजित भयो । पोल्याण्ड फिफा बरियताको आठौँ तथा सेनेगल २७ औँ स्थानमा छ ।

पोल्याण्ड सन् २००६ पछि विश्वकपमा फर्किएको हो । पोल्याण्डले पछिल्लो पटक समूह चरण पार गरेको सन् १९८६ को विश्वकपमा हो । सन् २००२ र २००६ को विश्वकपमा पोल्याण्ड समूह चरणबाटै घर फर्किएको थियो ।

सेनेगल यसअघि सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसबेला सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । क्वाटरफाइनलमा टर्कीसँग पराजित भएर उ घर फर्किएको थियो ।

सेनेगल यसअघिको आफ्नो विश्वकप सहभागितामा समूह चरणका खेलमा अपराजित छ । सन् २००२ मा उसले एक खेल जितेको थियो भने दुई खेलमा बराबरी गरेको थियो । त्यो बेला उसले आफ्नो पहिलो खेलमा फ्रान्सलाई १–० ले हराएको थियो ।

२०७५ असार ६ गते ११:५८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी