धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छानिने

इनेप्लिज २०७५ असार ७ गते ११:४५ मा प्रकाशित

काठमाडौँ, ७ असार । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतीग्रस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी विहीबार छनोट हुने भएको छ ।

धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गते आह्वान गरेको बोलपत्र (टेन्डर) बिहीबार दिउँसो दुई बजेपछि खोलिने भएको छ ।

धरहरा पुनर्निर्माणका लागि कति कम्पनी टेन्डर प्रक्रियामा सहभागी भए भन्नेबारे प्राधिकरणले केही खुलाएको छैन । अब बन्ने धरहरा १ सय ४५ फिट अग्लो तथा २२ तलाको हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा गरेका थिए । गत वैशाख १२ मा पनि प्रधानमन्त्रीले धरहराको भग्नावशेष अगाडि उभिएर यसको पुनर्निर्माण अघि बढाउने वचन दिएका थिए ।

अहिले धरहारा वरिपरिका पसलहरु हटाएर ठाउँ खाली गरिएको छ । आउँदो २ वर्षभित्र धरहरा पुनर्निर्माण गरिसक्ने लक्ष्य छ ।

प्रतिक्रिया