मिस नेपाल यूएस २०१८ का लागि राजिव श्रेष्ठ आधिकारिक फोटोग्राफरमा नियुक्त

इनेप्लिज २०७५ असार ८ गते १:०२ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी , चर्चित फोटोग्राफर(छायाचित्रकार)राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन अमेरिकाको टेक्ससमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई नियुक्त गरिएको हो ।

झन्डै ३ दशक देखि छायाचित्र पेशामा होमिएका श्रेष्ठ नेपाल कै एक प्रसिद्ध फोटोग्राफर हुन् । नेपालको परिपेक्षमा बिशेष ग्लामर (मोहकता )क्षेत्रमा उनि प्रवर्तक को रुपमा चिनिन्छन ।

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा अगस्ट १९ आइतबारका मिस नेपाल यूएस हुने छ । मिस नेपाल यूएस २०१८ को बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्ष का युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन्

श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् l अमेरिकामा रहेतामा पनि उनले अमेरिकामा रहेका नेपाली कलाकार ,नमूना महिला तथा पुरुष तथा कलाकार ,मोडल (नमूना) क्षेत्रमा प्रवेश गर्न चाहनेलाई समेतलाई प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् l

श्रेष्ठले आफू बिदेशमा रहेता पनि आफ्नो पेशा लाई निरन्तरता दिएकोमा हर्ष व्यक्त गरेका छन् l र साथै मिस नेपाल यूएस २०१८ का लागि आफूलाई मौका दिने आयोजकलाई बिशेष धन्यवाद दिएका छन् ।

जुन पेशामा ३० बर्ष बिताए चटक्क उक्त पेशा छोड्न नसक्ने रहेछ भन्दै अमेरिकामा पनि नेपाली समुदायको ठुलो वस्ती वृद्धि भएकोले आफू उत्साहित भएको बताए । र निरन्तर मौका पाई रहेको बताए । उता आयोजक को तर्फ बाट प्याट्रिक सुबेदीले श्रेष्ठ जस्तो व्यवसायिक फोटो ग्राफर पाएकोमा गर्व गरेका छन् ।

 

प्रतिक्रिया