समाजसेवी राजा घले कतारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सम्मानित

इनेप्लिज २०७५ असार ९ गते १५:२५ मा प्रकाशित

अमेरिका बस्दै आएका नेपाली व्यवसायी तथा समाजसेवी राजा घले कतारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सम्मानित भएका छन् । उनलाई गैर आवासीय नेपाली संघ कतार ,तामांग सोसाइटी अफ कतार ,घले समाज दोहा तथा छिमेकी भिजन प्रोजेक्ट कमिटि ले सयुक्त रुपमा सम्मान गरेको हो ।

घले अमेरिकाको दक्षिण पूर्वी क्षेत्रका लागि नेपालका पर्यटन दूतसमेत हुन् । उनले अन्तर्राष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिलको महासचिवसहित थुप्रै गैरआवासीय नेपाली संंघसंस्थामा विविध पदमा जिम्म्मेवारी निर्वाह गरेका छन् ।

अमेरिका बसेर पनि मुलुकको विकासका लागि खेलेको उच्च भूमिकाको कदर गर्दै उनलाई सम्मानित गरिएको हो । साथै उनि बिमान चालक पनि हुन् ।

प्रतिक्रिया