डिसीमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल संग अन्तरक्रिया ,खनालले भने अब मानव तस्करले उन्मुक्ति नपाउने

इनेप्लिज २०७५ असार ९ गते २२:५४ मा प्रकाशित

विजय थापा जुन २३ ,अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

उनले अमेरिकामा रहेका सबैलाई मात्र हैन आफुलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दै मानव तस्करले उन्मुक्ति नपाउने बताए । उनले अगाडी भने यस्ता तस्कर गर्नेहरुका होस् हवास गएको बताउदै अब उनीहरुका दिन गएका बताए ।

खनालले स्वागत कार्यक्रममा उपस्थित सवैलाई यहाँहरुको भावनाको उच्च कदर गर्दै कहिले कुठाराघात गर्ने छैन । आफ्नो सहयोग सदैव सकारात्मक हुने बताउदै जस्तो सुकै कठिनाईलाई छिचोल्ने छु । र यहारुले दिएको जिम्मेबारीलाई शिरोधार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले आफ्ना कुराहरु राख्दै अगाडी भने यहाँहरुको शिर कहिले निहुर्याउने छैन भन्दै अमेरिकाका नेपालीले भूकम्प गएको समयमा मातृभूमिलाई गरेको मानवीय सहयोगको प्रशंसा गरे । खनालले यहाहरुको मार्ग दर्शन ,सल्लाह सुझावको अपेक्षा गर्दै यहाहरु प्रति भरोसा रहेको बताए ।

उनले शान्ति सुरक्षाको बारेमा बिशेष जोड दिदै नेपाल पहिला जस्तो सुरक्षाको दृष्टिले भयभित हुनु पर्ने अवस्था नरहेको बताए । उनले अगाडी भने राम्रा काम गर्ने को उजागार गर्ने र नराम्रा काम गर्ने लाई कानुनको कठघरामा उभ्याई कानुन बमोजिम कारवाई गर्न नहट्ने बताए । साथै हामी छिटो काम गर्ने पक्षमा भएको बताउदै अब नेपालमा डराई रहनु नपर्ने बताए ।

उनले साइबर अपराधले बिश्वब्यापी रुपमा संजाल फैलाएको भएता पनि नेपालमा यस बारेमा काम गरि रहेको बताए । र यस्ता साइबर अपराधीलाई कानुनको घेरामा ल्याई रहेको जानकारी गराए ।

उक्त भेटघाट तथा स्वागत कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न पेशामा संलग्न बिशेष व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

महानिरीक्षक सर्बेन्द्र खनाल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन न्यूयोर्क आएका थिए ।

स्वागत ,सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञाशा राखेका थिए भने खनालले पनि सबैको चित्त बुझ्दो जवाफ दिएका थिए । कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै संचार माध्यमको पहलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा युनाईटेड नेपालको तर्फ बाट किरण प्रताव केसी तथा संचार माध्यमको तर्फ बाट गुणराज लुइँटेलले मन्तब्य राखेका थिए । कार्यक्रममा खादा तथा पुष्प गुच्छा द्वारा सम्मान गरिएको थियो।

प्रतिक्रिया