राष्ट्रिय सभामा बेहुला भेटिँन, अब विवाहको च्याप्टर क्लोज : वली

इनेप्लिज २०७५ असार १० गते १२:१७ मा प्रकाशित

काठमाडौं, १० असार । चर्चित गायिका एवम् राष्ट्रिय सभा सदस्य कोमल वलीले आफूसँग विवाहको कुरै नगर्न पत्रकार ऋषि धमलासँग आग्रह गरेकी छिन् ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम “धमलाको हमला” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले भनिन्,‘मसँग विवाहको कुरै नगर्नुहोस्, विवाहको कुरा सुन्दा सुन्दा वाक्क भैसकें।’

त्यस्तै उनले वैवाहिक जीवनतर्फ आफूले अहिले नसोचेको पनि जनाए । उनले भने,‘अब म पूर्ण रुपमा राजनीतिमा होमिएको छु । विवाहको च्याप्टर क्लोज भयो।’

आफूलाई र्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता देखेर राष्ट्रिय सभाको सदस्य बनाएको जिकिर गरिन् ।

सोही कार्यक्रममा सँगै रहेकी अर्की चर्चित गायिका राधिका हमालले भने बाँकी जीवन सुखदसँग निर्वाह गर्नपनि विवाह गर्न वलीलाई सुझाएकी थिईन् । तर कोमलले भने हाँस्दै उनको आग्रहलाई टारेकी थिईन् । वलीले भनेकी छिन्,‘मलाई सुहाउँदो बेहुला राष्ट्रिय सभामा कोहीपनि भेटिन्।’

प्रतिक्रिया