मतिनाया खँ नेवारी एल्वम सार्वजनिक

इनेप्लिज २०७५ असार १३ गते २:०९ मा प्रकाशित
ओ. एस नेपालको आयोजनामा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को १७ औं कृति “मतिनाया खँ” अर्थात मायाका कुरा नेवारी गीति एल्बम एक समारोहबीच  गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाद्वारा सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठ, सोनी राजभण्डारी र सुरेन्द्र महर्जनको स्वर रहेको एल्बममा चारवटा गीतहरू रहेको छ । एल्बमका सबै गीतहरूको एकल संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । एल्बम भित्रका सबै गीतहरूको रेकर्डिङ अडियो नेपालमा भएको हो भने एरेन्ज तथा रेकडिस्ट बुद्ध सायमीको रहेको छ ।
ओ. एस नेपालको तर्फबाट ओ. एस नेपालले आयोजना गर्दै आइ रहेको ओ. म्युजिक अवार्ड-२०७४ मा लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ प्राप्त गर्नु भएका कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” उहाँलाई अर्को सम्मान स्वरूप ओ.एस नेपालले ओ. एस म्युजिक अवार्ड-२०७५ यो सम्मानमा एल्बम सार्वजनिक गरिएको हो ।
विवेक कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा एल्बम विमोचनसँगै ७४ विधाका उत्कृष्ट पाँचमा ३७०  विद्यामा नोमिनेशन प्रमाणपत्र प्रदान गरिएको थियोे ।

प्रतिक्रिया