भानु जयन्तिलाई नेपाली भाषा र साहित्य दिवस मनाउने।

इनेप्लिज २०७५ असार १६ गते ७:२१ मा प्रकाशित

लगभग डेड दशक अगाडिको कुरा हो । संसारभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा जोड्ने सोचका साथ एउटा संस्थाको जन्म भयो । त्यो संस्थाको नाम हो गैह्रआवासीय नेपाली संघ । विदेशमा बस्ने नेपालीहरुलाई एक जुट गराउन नेपाल भित्र र बाहिर उनीहरुको हितलाई प्रबर्धन गर्ने र नेपालको हितमा उनीहरुको योगदान गर्न एक गैह्र नाफामुलक सामाजिक संस्थाको रुपमा संघको मुख्य उधेश्य रहनेछ । यो संस्थाका मुख्य उधेश्यहरु मध्धे निम्न बुँदाहरुलाई आज यस लेखमा समेटिएको छ।

संसार भरिका नेपाली संघ संगठनहरु सँग समन्वय कायम गर्ने एवं विश्व संजाल स्थापना गरी गैह्रआवासीय नेपालीहरुको साझा संस्थाका रुपमा तीनको प्रतिनिधित्व गर्ने ।विदेशी मुलुकमा नेपाली संस्कृति र पर्यटनको प्रवर्धन गर्ने । यसै अनुरुप आज संसारका ७८ देशहरुमा गैह्रआवासीय नेपाली संघले संजाल विस्तार गरी सकेको छ ।

संजालको विस्तार संगै नेपाली संस्कृतिको प्रवर्धन गर्ने मुख्य कडीको रुपमा रहेको नेपाली भाषा र साहित्यलाई विश्व सामू परिचित गर्नका लागि

एनआरएनए आइसिसिले  यूरोपका क्षेत्रीय सह निर्देशक श्री गोविन्द प्रसाद गौतमको संयोजकत्वमा भाषा र साहित्य उपसमिति २०१७ -२०१९ गठन गरेको थियो ।

सबै महादेशहरुलाई समेटेर बनाउन प्रयास गरिएको यस सब कमिटीमा छ जना क्षेत्रिय सहसंयोजकहरु । उन्नाइस जना सदस्यहरु र पाँच जना सल्लाहकारहरु रहेका छन् ।

संयोजक श्री गोविन्द प्रसाद गौतम रुस

सह संयोजकहरु १ डा .श्री लेखनाथ काफ्ले ताइवान (एशिया प्यासिफिक)

२ डा.श्री गोविन्द सिं रावत  क्यानडा, (नर्थअमेरिका)

३ श्री महेन्द्र कडेल यूके (यूरोप)

४ श्री निश्प्रव साजी अष्ट्रेलिय (ओशियाना)

५   भगवती बस्नेत इज्रायल

६ रमेश कडेल अफ्रिका युगाण्डा

सदस्यहरुमा निलम कार्की यूएसए, प्रकाश पौडेल जापान ,सुरेन उप्रेती क्यानडा ,कमला प्रसाई यूएसए, रामकृष्ण शर्मा अष्ट्रेलिया ,डा मन मूर्ति भुर्तेल रुष, गोविन्द राम कडेल स्कटल्याण्ड ,विमल गिरी वेल्जियम, अमित राई कुवेत, फडिन्द्र भट्टराई यूके, शिव चापागाई डेनमार्क ,सर्वज्ञ वाग्ले यूएसए ,गणेश घिमिरे अष्ट्रेलिया ,विष्णु रिजाल स्पेन ,महेश्वर पन्त यूएसए, इश्वरी भट्ट यूएसए, सीताराम घिमिरे अष्ट्रेलिया अर्चना गुरुङ अष्ट्रेलिया ओमार गुरुङ स्पेन हुनु हुन्छ । त्यस्तै गरी सल्लाहकारहरुमा

श्री गंगा उप्रेती कुलपति प्रज्ञाप्रतिष्टान नेपाल

श्री जीवा लामिछाने पूर्व अध्यक्ष एनआरएनए आइसिसि

श्री हिक्मत थापा कोषाध्यक्ष एनआरएनए आइसिसि

श्री रमेश पौडेल रेडियो नेपाल

श्र कृष्णधारावासी साहित्यकार यूएसए

यस भाषा र साहित्यक उपसमितिको प्रथम बैठकले भाषा र साहित्यलाई संसार समक्ष परिचित गराउने विविध निर्णयहरु गरेको छ ।  भानुजयन्तिलाई नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने निर्णय एक हो । यो निर्णयलाई आइस(IES)ले अनुमोदन गरी ७८ वटै देशका एनआरएनए एनसिसिहरुलाई यही आषाड २९। २०७५साल देखि भानुजयन्तिलाई  नेपाली भाषा र साहित्य दिवस मनाउनका लागिपत्राचार गरी सकेको छ । एनआरएनका महासचिव डा बद्री केसीले हरेक देशका र स्थानका स्थानिय साहित्यक र सामाजिक संघ संस्थाहरु सँग समन्वय गरी नेपाली भाषालाई विश्वव्यापिकरण गर्नका लागि पत्राचार गरिएको कुरा जानकारी गराउनु भयो । भाषा र साहित्य उपसमितिका संयोजक श्री गोविन्द प्रसाद गौतमले यही जुलाई २२मा रसियामा भानुजयन्तीलाई नेपाली भाषा र साहित्य दिवशका रुपमा मनाउन लागेको र अन्य यूरोपियन देशहरुमा पनि सोही अनुसारका कार्यक्रमहरु हुने समाचार प्राप्त  भएको बताउनु भयो । भानुभक्तले नै लोपान्मु अवस्थामा रहेको नेपाली भाषालाई मलजल गरी जगाउने काम गरेको हुनाले यस दिनलाई नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउनाले आदिकवि प्रति श्रद्धा र संमान हुने बताउनु भयो ।

संसारलाई नेपाल र नेपालीहरुको भाषा र साहित्यको परिचय गराउने यो उत्तम अबशर हो संयोजक श्री गौतमले भन्नु भयो । भानु जयन्तिलाई नेपाली भाषा र साहित्य दिवशको रुपमा मनाउनु भनेको नेपाली भाषा साहित्य र संस्कृतिको प्रवर्धनमा योगदान पुर्याउनु हो ।

 

 

 

 

प्रतिक्रिया