मगर समाज फ़्रान्सका सदस्य स्व. श्री रुद्र पुनको पुण्य स्मृतिमा श्रद्दांजलि सभा

इनेप्लिज २०७५ असार १८ गते २२:०८ मा प्रकाशित


मिती १६ आषाढ़ २०७५ मगर समाज फ़्रान्सका सदस्य स्व. श्री रुद्र पुनको पुण्य स्मृतिमा मगर समाज फ़्रान्स द्वारा आयोजित श्रद्दांजलि सभा बिभिन्न संघ संस्थाका महानुभाबहरु र हितैषी साथीभाईहरूको उपस्थितिमा सम्पन्न गरियो !

सो कार्यक्रम समाजका सचिब भुवन आले ले संचालन गर्नु भएको थियो । सो अवसरमा रुद्र पुन सहयोग समितीका संयोजक  लोक पुनले आर्थिक संकलन र त्यस्को आय ब्यय प्रस्तुत गर्नु भएको थियो भने समाजसेवी निर्मल अर्याल ले दुखद घड़ीमा नेपालीहरुको एक्केबद्दताको सरहना गर्नु भयो त्यसै गरी जनसम्पर्क समितीका सभापति सुधीर रानाले रुद्र पुनले समाजसेवामा गरेको योगदानको स्मरण गर्दै अरुबेला जे जस्तो भएपनि दुखको बेला नेपालीहरु एक हुने बिशिष्ट सदगुण भएको बताउनु भयो र अन्तमा समाजका अध्यक्ष  रमेश थापाले सहयोग गर्ने सम्पूर्ण संघ संस्था र सहयोगी हाथहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया