दुखद समाचार ;भर्जिनियाको हरन्डन शहर स्थित ईन्धन चौकीमा लुटेराको प्रहारबाट नेपालीको निधन( प्रहरीको प्रेस भेटघाटको भिडियो )

इनेप्लिज २०७५ असार २० गते १४:०५ मा प्रकाशित

विजय थापा ,अमेरिकाको भर्जिनियाको हरन्डन शहरमा लुटेराको प्रहारबाट नेपाली मूलका हरन्डनमा बसोबास गर्दै आएका ४० बर्षिय बजगाई थर भएका व्यक्तिको निधन भएको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको छ ।

यसको साथै शकास्पद लुटेरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई हरन्डनको सुनोको इन्धन चौकीमा नेपाली मूलका बजगाई थरका व्यक्तिलाई उपकरण प्रहार गरेको आरोपमा कब्जा गरिएको छ ।

अमेरिकाको जुलाई ४ स्वतन्त्र दिवस को बिहान १ बजे १५ मिनेटमा बुधबार प्रहरीलाई खबर गरेको जानकारी फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार सम्भवत लुट्ने प्रयास गर्ने क्रममा उक्त ईन्धन चौकीमा काम गर्ने सहायकलाई मारिएको हुन् सक्ने बताएको छ ।

हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको हो । प्रहरीका अनुसार शरीरको माथिल्लो भागमा  उपकरण प्रहारको कारण मृत्यु भएको हुन् सक्ने बताएको छ ।

उक्त संदिग्ध  बन्दुकधारीलाई उक्त स्थानको छेउछाउ कै किनमेल पसलको सवारी साधन अडान क्षेत्र(पार्किंग लट ) रोक्ने स्थानबाट नै पक्राउ गरिएको जनाएको छ ।

साथै फेयर फ्याक्स प्रहरी चौकीले सामाजिक संजाल मुहार पुस्तिकाबाट भर्खर प्रत्यक्ष प्रसारण गर्दै ४० बर्षिय बजगाई भएको बताएको छ ।

बिस्तृतमा हामी यहाँहरुलाई थप जानकारी दिने छौ |

तस्बिर : फेयर फ्याक्स प्रहरी चौकी

https://www.facebook.com/fairfaxcountyPD/videos/2096957183679741/

प्रतिक्रिया