बिशेष ताजा जानकारी: भर्जिनियामा लुटेराले रेशम बजगाईलाई आगो निभाउने उपकरणले हिर्काएर मारिएको दाबी

इनेप्लिज २०७५ असार २० गते २०:२९ मा प्रकाशित

विजय थापा ,जुलाई ४ ,अमेरिकाको स्वतन्त्रता दिवसको बिहानी पख भर्जिनियाको हरन्डन शहरस्थित सुनोको ईन्धन चौकीमा लुटेराले रेशम बजगाईलाई आगो निभाउने उपकरण( फायर एक्सटिनगुईसर ) ले हिर्काएर मारिएको पछिल्लो जानकारी प्राप्त भएको छ ।

नेपाल घर गोर्खाबाट चितवन बसाई सराई नेपाली मूलका ४० बर्षिय रेशम बजगाईलाई बुधबार बिहान १ बजे १५ मिनेटमा लुटेराले आक्रमण गरि मारेको कुरा फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो ।

पछिल्लो जानकारी र श्रोत अनुसार मृतक बजगाई १० बर्ष सम्म खाडी मुलुक कतार बसी पुन: नेपाल फर्कि ३ बर्ष भन्दा ज्यादा नेपालमा बसेर गत बर्ष सेप्टेम्बर २०१७ मा मात्र अमेरिका आएको बताइएको छ ।

तर उनकी जीवन संगिनी विविधता चिट्ठा प्रणाली बाट ५ बर्ष अगाडी नै अमेरिका आएको नजिकका आफन्तले बताएका छन् । पछिल्लो जानकारी अनुसार उनि उक्त सुनोको ग्यास स्टेसन ( इन्धन चौकी ) मा हप्तामा एक पटक मात्र काम गर्ने र आजै मात्र काम गर्न आएको जानकारी प्राप्त भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन संगिनी तथा ५ बर्षिय छोरी संग बस्दै आएका थिए । गत हप्ता मात्र उनि मेरिल्याण्डको एक समुद्र किनारामा साथीहरुसंग घुमफिर गर्न गएका थिए भनि जानकारी प्राप्त भएको छ ।

लुटेराले आगो निभाउने उपकरणले कुटे पछि मृतक बजगाईलाई इन्धन चौकीमा गएर फेरी निर्घात कुटेर मारेको आशंका गरिएको छ । यसको साथै शकास्पद लुटेरालाई प्रहरीले पक्राउ गरि सकेको छ ।

हरन्डन को किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको हो । प्रहरीका अनुसार शरीरको माथिल्लो भागमा ज्यादै चोट पटक लागि रक्तश्राव ज्यादा भै रगत बगेको कारण मृत्यु भएको हो । दिवा समयमा सुनोको ईन्धन चौकीको सरसफाई गरिएको छ भने अहिले सम्म उक्त ईन्धन चौकी मा कारोबार सुरु गरिएको छैन ।

उक्त संधिग्द बन्दुकधारीलाई उक्त स्थानको छेउछाउ कै किनमेल पसलको सवारी साधन अडान क्षेत्र(पार्किंग लट ) रोक्ने स्थान बाट नै पक्राउ गरिएको थियो ।

साथै फेयर फ्याक्स प्रहरी चौकीले सामाजिक संजाल मुहार पुस्तिका बाट प्रत्यक्ष प्रसारण गर्दै मृतक ४० बर्षिय रेशम बजगाई बर्षिय बजगाई भएको बताएको छ । आज जुलाई ४ तारिख स्वन्त्रता दिवस परेकोले प्रहरीहरु पनि बिदामा रहेकोले थप जानकारी जुलाई ५ तारिख आउने अपेक्षा गरिएको छ ।

तस्बिर :सामाजिक संजाल  

https://www.gofundme.com/helpfamily-of-resham-who-was-killed?teamInvite=XQNjaIr52RdGKHuxSIImwpft9C9OHXLFMsdJ1t8lnr7fv4SufXwnrD2RWdWX8iq4

प्रतिक्रिया