शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: ०९:३९ | Washington DC: 23:54

अमेरिकाको हेरिस्बर्ग पाचौँ भूट्निस अन्तर राज्य क्रिकेट खेल सम्पन्न

 

हालै भूट्निस कम्युनिटी इन हेरिस्बर्ग र हेरिस्बर्ग गुर्खास क्रिकेट टिमको संयुक्त आयोजनामा जुन २९ देखी जुलाई १ तरिक सम्मको पाचौ भूट्निस अन्तर राज्य क्रीकेट खेल हेरिस्बर्ग सहरमा सम्पन्न भएको छ |  उक्त खेलमा अमेरिकाका बिभिन्न राज्यहरुबाट १९ टिमले सहभगिता जनाएका थिए|

सबै टिमलाई उछिन्दै फाइनल खेल आयोजक हेरिस्बर्ग गोर्खास  क्रिकेट टिम र बि. ए. सि. सि इरी रोयल्सले खेलेका थिए |

फाइनल खेलमा बेजोड प्रदर्शन गर्दै सुक तामांङ् म्यान अफ द म्याच बने | त्यसरी नै १९ टिम मध्ये बाट अनिल न्यौपाने सर्बोउत्कृष्ट ब्याट्स म्यान, खगेन्द्र धिमाल सर्बोउत्कृष्ट बलर र भागवत भण्डारी सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका थिए | त्यसरी नै बेजोड प्रदर्शन गरेर हेरिस्बर्ग गोर्खासका दिपेन्द्र दंगाल सर्बोउत्कृष्ट खेलाडीका रुपमा साबित भए |

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हेरिस्बर्ग गोर्खास क्रिकेट टिमले बि. ए. सि. सि इरी रोयल्सलाई पराजित गर्दै बिजेताको उपाधी चुम्न सफल भएको कुरा हामीलाई आयोजक टिमका तर्फबाट अनिल न्यौपानेले जनाए |

२०७५ असार २१ गते २२:५३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी