रेशम बजगाईको हत्यामा संलग्न शंकास्पद अभियुक्तको तस्बिर प्रहरी द्वारा सार्बजनिक

इनेप्लिज २०७५ असार २२ गते १:०५ मा प्रकाशित

विजय थापा ,जुलाई ५ ,अमेरिकाको भर्जिनियामा जुलाई ४ तारिख बिहान १ बजेर १५ मिनेटमा सुनोको ईन्धन चौकीमा ४० बर्षिय रेशम बजगाईको हत्यामा संलग्न भएको आशंकामा शंकास्पद अभियुक्तको तस्बिर प्रहरी द्वारा सार्बजनिक गरिएको छ ।

प्रहरीले यस बारेमा जुलाई ४ तारिख मै पक्राउ परेको जानकारी दिएता पनि तस्बिर सार्बजनिक गरेको थिएन । आज ,स्व बजगाईको हत्याको अनुसन्धान र यस मामला सम्बन्धि अनुसन्धान गरि रहेको फेयर फ्याक्स प्रहरी चौकीले उक्त तस्बिर सार्बजनिक सामाजिक संजाल ट्वीटर मार्फत गरेको छ ।

उक्त हत्यामा अन्यको खोजि जारी रहेता पनि मोहमद अबुकर अब्दुल्लाह नामक शंकास्पद व्यक्तिको नाम सहित अंग्रेजीमा मग सट अफ जुलाई फोर्थ मर्डर ससपेक्ट भनी सार्बजनिक गरेको छ ।

पुर्खौली घर गोर्खाबाट भरतपुर चितवन बसाई सराई नेपाली मूलका ४० बर्षिय रेशम बजगाईलाई लुटेराहरुको आक्रमणबाट मारिएका थिए । मृतक बजगाई कतार बसी पुन: नेपाल फर्कि गत बर्ष सेप्टेम्बर २०१७ मा मात्र अमेरिका आएका थिए ।

स्व बजगाई आफ्नी जीवन संगिनी तथा ५ बर्षिय छोरी संग बस्दै आएका थिए । उनको हत्या भए पछि उनको दह संस्कार लगायत अन्य खर्च जुटाउन गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाले गो फन्ड खोलेको छ ।

$ ५० हजार डलर पैसा जुटाउने लक्ष्य राखिएको उक्त गो फन्डमा अहिले सम्म ३६ हजार डलर भन्दा ज्यादा सङ्कलन भै सकेको जानकारी एनआरएन भर्जिनियाका अध्यक्ष गोविन्द सुबेदीले ईनेप्लिज लाई दिएका छन् ।

तस्बिर सौजन्य : फेयर फ्याक्स प्रहरी चौकी

प्रतिक्रिया