” हिमालयन भाईब्स” द्वारा ” ओटावा वेलकम्स दी वर्ल्ड” कार्यक्रममा नेपाली लोक सांगितिक प्रस्तुति

इनेप्लिज २०७५ असार २२ गते १०:२८ मा प्रकाशित

ओटावा, टोरोन्टो स्थित नेपाली लोक सांगितिक समुह ” हिमालयन भाईब्स” ले क्यानडा डे को उपलक्षमा आयोजित” ओटावा वेलकम्स दी वर्ल्ड” कार्यक्रममा नेपाली लोक संगीत प्रस्तुत गरेको छ । नेपालका पूर्ब, पक्षिम, उत्तर, पहाड, काठमान्डौ उपत्यका का लोक धूनहरु राजमति, सेब्रु, सोरठी, मारूनी ईत्यादि मादल, धिमे, भुस्या, बाँसुरी, हार्मोनियम, चाँप, गिटारको तालमा प्रस्तुत गर्दा दर्शकहरु मन्त्रमुग्ध भै श्रवण गरिरहेका थिए । नेपाली कार्यक्रमको प्रस्तुतिको बेला मंचको पृस्ठभूमीमा नेपालको पर्यटकिय आकर्षणका बॄतचित्रहरु प्रदर्शन गरि रहन्दा सो प्रेक्षालय नेपालमय देखिएको थियो। बिभिन्न मुलुकहरुको प्रस्तुति रहेको सो कार्यक्रममा नेपाली प्रस्तुति रोचक र नितान्त पॄथक भएको दर्शकहरुले प्रतिक्रिया जनाएका थिए ।

नेपाली कार्यक्रम शुरु हुनु अगाडी बोल्नु हुन्दै नेपाली राजदूत महामहिम काली प्रसाद पोख्रेलले नेपाल पर्टकिय, सांस्कृतिक तथा प्राकृतिक दृस्टिकोणले धेरै नै बिबिधता भएको मुलुक भएकोले नेपाल भ्रमण गरि आनंदीत हुन आव्हान गर्नु भयो । साथै उहाँले ” हिमालयन भाईब्स”को सांगीतिक प्रस्तुति बाट नेपाली लोक संगीतको स्वाद लिन पनि अनुरोध गर्नु भयो।

नेपाली लोक सांगीतिक प्रस्तुति प्रसिद्द मादल बादक सानुराजा महर्जनको नेतॄत्वमा हरि लम्साल, प्रदीप बाँस्कोटा, मनोज राजभण्डारी, किशोर राजभण्डारी, उत्तम माकजूको समुहले गरेका थिए । सो कार्यक्रम स्थलमा नेपाली पर्यटन प्रबर्द्धन गर्न राजदूताबासको तर्फ बाट नेपाल कक्ष स्थापना गरि प्रचार सामाग्री बितरण गरिएको थियो ।

ओटावा महा नगरपालिकाको आयोजनामा १९ राष्ट्रको सहभागिता रहेको सो तीन दिने कार्यक्रममा नेपाली कार्यक्रमको संयोजन नेपाली राजदूताबासले गरेको थियो भने ज्योत्सना भण्डारी, प्रनिता गौतम, क्रितिशा आचार्य,प्रशंसा पोख्रेलले आकर्षक नेपाली नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया