कटक बुढा र साया भण्डारीको अभिनयमा लोकदोहोरी “ कति माया गर्छु ” भिडियो सहित

इनेप्लिज २०७५ असार २२ गते १०:५९ मा प्रकाशित
काठमान्डाँ,
बुढा म्युजिक प्रालिको प्रस्तुतिमा कुमार विन्दास र कविराज बुढाको  मौलिक लोकदोहोरी एल्बम “ कति माया गर्छु ” गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाज सजिएको लोक दोहोरि गीत कति माया गर्छु  बजारमा आएको छ । आफनी प्रेमी आफनो लागी प्राण भन्दा पनि प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ ।
ए कुमार बिन्दासको लय तथा शब्द सिर्जनमा मायालु जोडिका प्रेम पछिको विछोडका पिडाका आवाजहरुलाई गीतमा ब्यक्त गरिएको छ । सागर गौत्तमको छाँयाकन , अमर शाक्यको सम्पादन र मान सिंह खड्काको निर्देशनमा निमार्ण गरिएको भिडियोमा कटक बुढा र साया भण्डारीको अभिनय रहेको छ ।

प्रतिक्रिया