राधिकाको ‘विजय’ र राधा–लेख सार्वजनिक

इनेप्लिज २०७५ असार २४ गते १३:१६ मा प्रकाशित

काठमाडौँ, २३ असार । कवयित्री राधिका पन्त देवकोटाको ‘विजय’ (शोककाव्य) र ‘राधा–लेख’ लेख संग्रह सार्वजनिक भएको छ ।

k’ik/fu ;flxTo k|lti7fgn] cfof]hgf u/]sf] sfo{qmddf sjlolq /flwsf kGt b]jsf]6fåf/f lnlvt …ljhoÚ -zf]ssfJo_ / …/fwf–n]vÚ n]v ;+u|x ;fj{hlgs ug'{x’b} slj 8f /fdk|;fb 1jfnLnufot . t:jL/M ;f}hGo /flwsf kGt b]jsf]6f ÷/f;;

आज यहाँ पुष्पराग साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कवि डा रामप्रसाद ज्ञवालीले ती दुवै कृति सार्वजनिक गर्नुभयो । डा ज्ञवालीले दुवै कृतिमा कवयित्रीबाट मर्मस्पर्शी भावना अभिव्यक्त भएको बताउनुभयो । दुवै कृति लेखिकाले आफ्नो वास्तविक जीवनकथालाई आधार बनाइ लेख्नुभएको छ ।

“काव्य लेखेपछि मन निकै हलुंगो अनुभव भएको छ”, लेखिका देवकोटाले भन्नुभयो । ‘विजय’ नामक शोककाव्य लेखिकाले आफ्नो भाइ विजयको सगरमाथा आरोहणका क्रममा मृत्यु भएपश्चात् उसलाई गुमाउनुपर्दाको पीडालाई काव्यका रुपमा उतार्नुभएको छ ।

“भाइ पहिले मन मुटुमा बसेको थियो, अहिले किताबभित्र सञ्चित गरेर राखेकी छु”, देवकोटाले थप्नुभयो ।

अर्काे कृति ‘राधा–लेख’ मा उहाँले कथात्मक र संस्मरणात्मक शैलीमा आफ्ना अनुभवलाई व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा गजलकार रामबहादुर पहाडी, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, समालोचक गीता त्रिपाठी तथा विदुला घिमिरे लगायत साहित्यिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रतिक्रिया