मंगलबार, साउन १ २०७५ | Tue, July 17, 2018
नेपालको समय: ११:४५ | Washington DC: 02:00

ब्राक्नेलमा दोस्रो ‘काव्य यात्रा’ सम्पन्न

लन्डन, ०८ जुलाई, २०१८
सम्वाददाता

बेलायतको ब्राक्नेल सहरमा समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा ‘काव्य यात्रा’को दोस्रो श्रृंखला भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले नेपाली डायोस्पोराका दोस्रो पुस्तामा समेत नेपाली भाषा र साहित्य पुर्याउन यस्ता काव्य यात्राले सहयोग पुग्ने बताए । काव्य यात्राको तेस्रो श्रृंखला बेलायतको अर्को सहरमा चाँडै आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको संग्रह प्रकाशनमा ल्याइने कुरा उनले बताए ।

प्रतिष्ठानका सचिव विजय सापकोटाले संस्थाको भावि योजनाका बारेमा प्रकाश पार्दै साहित्य सम्बन्धी अनुभव र शिप नेपाली समुदायमा बाँड्न प्रतिष्ठान तयार रहेको बताए । दोस्रो काव्य यात्राका संयोजक विनोद अधिकारीले साहित्यका माध्यमले बेलायतका विभिन्न सहरमा रहनु हुने नेपाली साहित्यप्रेमीहरु एकै ठाउँमा भेला हुन पाउनु खुशीको कुरा भएको बताए ।
उक्त कार्यक्रममा लन्डन, रेडिङ र ब्राक्नेल सहरबाट आएका कविहरु विनोद अधिकारी, विद्या पहारी सापकोटा, लक्ष्मी पौडेल, ओमकार अधिकारी, निर्मला न्यौपाने, संजु बजगाईं, अभियान घिमिरे, एलेक्स सापकोटा, शुभ अधिकारी, सुयश बजगाईं, पोमलाल सापकोटा, विशाल पहारी, अंजु आचार्य, विजय सापकोटा र कृष्ण बजगाईंले कविता र मुक्तक वाचन गरेका थिए ।
उक्त काव्य यात्राको कार्यक्रमस्थल र खाजा ब्राक्नेलमा अवस्थित शाही इन्डियन रेष्टुरेण्टले उपलब्ध गराएको थियो ।

२०७५ असार २५ गते १:३० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी