‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक

इनेप्लिज २०७५ असार २५ गते १:४० मा प्रकाशित
काठमान्डौँ , असार २४
वल्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विशारद बस्नेतद्धारा निर्देशित चलचित्र आगामी भदौ १ गतेबाट प्रर्दशनमा आउने भएको छ । । तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।
गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय चलचित्रमा समेटिएको छ । चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको थियो ।
चलचित्रमा महेश दवाडीको पटकथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ  ।
हेर्नुहोस ट्रेलर

प्रतिक्रिया