७ कक्षा पढ्ने बालिकाले अन्तर्वार्तामै गीत गाएर मोडेललाई यसरी नचाइन [भिडियोसहित]

इनेप्लिज २०७५ असार २५ गते १०:४१ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। मानिसभित्र कुनै न कुनै प्रतिभा लुकेको हुन्छ, त्यसलाई खोजि गरेर उजागर नगरुन्जेलसम्म प्रतिभा विक्षिप्त रुपमा रहन्छ भने अर्को व्यक्ति त्यस्ता प्रतिभाबाट अनभिज्ञ हुन्छन् र प्रतिभावान व्यक्तिको प्रतिभा ओझेल पर्नजान्छ। त्यस्तै हराएकी प्रतिभावान मध्य एक हुन् लिजा लामा र सानु खतिवडा।

लिजा लामा भर्खर कक्षा ७ मा पढ्छिन। उनको उमेर पनि धेरै भएको छैन। उनी अहिले १३ वर्षकि भईन्। उनलाई सानो छदा नै गीत गाउन मन लाग्थ्यो। उनको पिता चलचित्र निर्माता हुन् साथै निर्देशक पनि हुन्। यसकारण पनि उनको सांगीतिक क्षेत्रमा झुकाव बढेको उनको भनाई रहेको छ।

सानु खतिवडा पनि कलाकारिता क्षेत्रमा नया नाम हो। उनीमिठो गाउछिन् साथै अभिनय पनि गर्छिन्। आफ्नो गीत रेकर्डीङ गराउने क्रममा उनले एक निर्देशकलाई भेटेकी थिइन्। उनको सुन्दरता साथै क्षमता देखेर उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आयो। एक्कासी उनले यो प्रस्ताव स्विकारिनन्। घरमा सल्लाह गरिन्। आफुले सके र क्षमता भए गर भने पछि उनले अभिनय गर्ने निधो गरीन्। यसरि उनको नायिकाको यात्रा शुरु भएको थियो। उनले ‘क्यारीङ ग्यांग’ नामक चलचित्रबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। उनले आधा दर्जन जति गीत पनि गाइसकेकी छिन्। उनलाई भने अभिनय भन्दा पनि गायनमा नै रुचि भएको उनले बताइन्।

लिजा लामाका पिताले निर्माण र निर्देशन गरेका चलचित्रमा सानु खतिवडाले अभिनय गरेकी हुन्। साथै लिजाले गाएको पहिलो गीतमा पनि सानुले नै मोदलिङ्ग गरेकी हुन्। उनीहरुको चिनजान पनि उक्त चलचित्रबाट नै भएको उनीहरुको भनाई रहेको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया