सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: ०३:५७ | Washington DC: 18:12

विश्वकप फुटबलमा सहभागी हुने राष्ट्रको संख्या बढाउन फिफा सकारात्मक

मस्को, २५ असार । रुसमा जारी २१औं विश्वकपको सेमिफाइनल सेमीकरण सकिएको छ । आयोजक रुस विश्वकपको समापन समारोहलाई सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा पनि जुटिसकेको छ ।

यसैक्रममा क्रममा सन् २०२२ मा कतारमा आयोजना हुने २२औं विश्वकपको तयारी र सहभागी टोलीको विषयमा गन्थन र बहस फेरि सुरु भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताए ।

फिफाको धारणाप्रति कतारका अधिकारी पनि सकारात्मक देखिएका छन् । मस्कोको ग्लोली पार्कमा शनिबार भएको छलफलमा नसिरले ४८ टोली बनाउँदा कतार र फुटबललाई हानि हुन नहुने धारणा पनि राखेका थिए ।

२०७५ असार २५ गते ११:२५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी