सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: ०३:४३ | Washington DC: 17:58

विश्वकपको भविष्यवाणी गर्ने विरालोको हत्या

मस्को । रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एउटा बिरालोको हत्या गरिएको आश‌ंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

समूह चरणमा प्रायः सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको खैरौ बिरालोको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ ।

विरोलाले अन्तिमपटक अर्जेन्टिना र नाइजेरियाबीचको खेल भविष्यवाणी गरेको थियो । त्यो भविष्यवाणीको दुई सातापछि उसको निधन भएको छ ।

खेल हुनु एक दिनअघि बिरालोको अगाडि दुई वटा कचौरा राखिन्थ्यो । दुवै कचौरा अगाडि झन्डा पनि हुन्थ्यो । कचौरामा केही खानेकुरा पनि हुन्थ्यो । बिरालोले जुन कचौराको खाना खान्थ्यो, खेलमा जित त्यसैको हुने गरेको थियो ।

२०७५ असार २५ गते ११:४८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी