नेपाली सांगीतिक साँझ

इनेप्लिज २०७५ असार २५ गते २२:०८ मा प्रकाशित

यहि आउदो १४-जुलाई-२०१८ मा जर्मनीको हाम्बर्ग शहरमा किरात याक्थुङ चुम्लुङ जर्मनीको आयोजनामा नेपालका ख्यातिप्राप्त चर्चित गायिका श्रेयसी चेम्जोङ लिम्बु र नेपालकै अर्का चर्चित नेपाली हाँस्य कलाकार यासेली योङहाङका साथ नेपाली सांगीतिक साँझ भव्यताका साथ हुने भएकोछ ।

उक्त कार्यक्रमलाई सफल बनाउनका लागि तिब्र तयारी भएको यस कार्यक्रमकाआयोजक एल, बी, सुब्बाले बताउनु भएकोछ ।
आयोजकले एक सुचना जारीगरी जर्मन स्थित नेपालीहरुका सम्पुर्ण संघ संस्था समुदाय लगायत जर्मनवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु, नेपाल र नेपालीलाई माँया गर्ने नेपाली नागरिकहरुलाई कार्यक्रममा सहभागी भई भब्य र सभ्य रुपमा सफल पारिदिन हुनका लागि किरात याक्थुङ चुम्लुङ जर्मनी हार्दिक निमन्त्रणा गर्दछ ।

मिती :- १४ जुलाई, २०१८ – शनिवार
समय :- बेलुकीको २२:०० – बजे
स्थान :– Wandalenweg  ४
२००९७ हाम्बर्ग जर्मनी

किरात याक्थुङ चुम्लुङ परिवार, जर्मनी

प्रतिक्रिया