मिस नेपाल अमेरिकाका प्रतियोगीहरुको अडिसन(छनौट परीक्षण ) धमाधम ,अन्तिम नामावली निकाल्ने तयारी  

इनेप्लिज २०७५ असार २६ गते ०:१८ मा प्रकाशित

विजय थापा ,अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा आगामी अगस्त १९ तारिखमा हुने मिस नेपाल युएसको लागि निवेदन दिने प्रतियोगीहरुको अडिसन(छनौट) धमाधम भै रहेको छ भने शिघ्र अन्तिम नामावली निकाल्ने तयारीमा आयोजक जुटेका छन् ।

छैठौं संस्करण को लागि निबेदन दिने म्याद गत जुलाई ४ तारिख मध्य रात सम्म थप गरिएको थियो । प्रतियोगितामा सहभागीहरुले आफ्नो बिद्यालय तथा कामको समयलाई व्यवस्थापन गर्नु पर्ने भएकोले दरखास्त दिने मिति बढाउन अनुरोध गरे अनुसार जुलाई ४ सम्म गरिएको थियो ।

मिस नेपाल अमेरिकाको लागि १८ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका ६३ नेपाली युवतीहरुले सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् । र धमाधम अन्तिम प्रतियोगीहरुको नामावलीको लागि अडिसन (छनौट परीक्षण) भै रहेको छ भने टेक्सस ड्यालसका १८ जना प्रतियोगीहरुको छनौट सम्पन्न भएको छ ।

साथै मिस नेपाल अमेरिका २०१८ को लागि नेपाल पर्यटक बोर्ड आधिकारिक प्रतियोगिताको साझेदारी बन्ने भएको जानकारी आयोजक प्याट्रिक सुबेदीले जानकारी दिएका छन् ।

नेपाल ११ इन्टरटेनमेन्ट’ को व्यवस्थापनमा हुने मिस नेपाल अमेरिका (Miss Nepal US) २०१८ मा प्रतियोगिताको विजयीलाई पाँच हजार अमेरिकी डलर धन राशिले सम्मान गरिने छ । मिस नेपाल युएस कार्यक्रम न्यू योर्क बाट सन् २०११ बाट शुरु गरिएको हो ।

प्रतिक्रिया