बबिता प्रधान श्रेष्ठ द्वारा नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए) को अध्यक्ष पद बाट राजिनामा

इनेप्लिज २०७५ असार २६ गते १:३८ मा प्रकाशित

विजय थापा, अमेरिकाको डिसी महानगर क्षेत्रमा १७ बर्ष अगाडी स्थापना भएको नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए) कि अध्यक्ष बबिता प्रधान श्रेष्ठले संस्थाबाट राजिनामा दिएकी छिन् ।

उनले गत जुन २७ तारिखमा नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए)मा राजिनामा बुझाएकी हुन् । बबिता प्रधान श्रेष्ठ संस्थाकी पहिलो महिला अध्यक्ष पदमा मा निर्वाचित भएकी थिइन् ।

उनले व्यक्तिगत कारण जनाई संस्थामा रहन नसक्ने कारण देखाई संस्था छोडेकी ईनेप्लिज लाई बताएकी छिन् । १७ बर्ष देखि नै निरन्तरता दिदै आएकी बबिता प्रधान श्रेष्ठ कार्यकारी समितिका विभिन्न पदमा रहेर संस्थामा सेवा पुर्याएकि छिन् ।

नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए)को ईतिहासमा यसरी वर्तमान अध्यक्षले राजिनामा दिएको यो पहिलो घटना भएको छ । उनले आफू अध्यक्ष भएको ठिक एक बर्ष पुगे पछि राजिनामा दिएकी हुन् । उक्त संस्थामा अध्यक्षको कार्यकाल ३ बर्ष को रहन्छ ।

उनले संस्थाको बार्षिक सम्मेलन सफलता पूर्वक सम्पन्न गरे पछि राजिनामा दिएकी हुन् ।

प्रतिक्रिया