नामको बिबादले प्रदेश नै बन्द, पत्रकारबाहेक अरुले चुईक्क बोल्न पाएनन् (भिडियो)

इनेप्लिज २०७५ असार २६ गते १०:४० मा प्रकाशित
प्रदेश नं. ४ को नाम गण्डकी राखेपछि आक्रोशित बनेका तमुवान मगरात संघर्ष समितिले सोमबार प्रदेश नै बन्द गराए । शुक्रबार करिब ९७ प्रतिशत सांसदले संसदबाट गण्डकी नाम पारित गरेका हुन् । संसद बैठकमा शुक्रबार उपस्थित भएका ५६ जना सांसदहरु मध्य ५४ जनाले गण्डकी प्रदेश हुनुपर्नेमा मतदान गरेका थिए भने त्यसको विपक्षिमा नयाँ शक्तिका दुई जना रहेका थिए । यसैको बिरोधमा प्रदेशको नाममा तमुवान मगरात राख्नुपर्ने भन्दै आएका जनजाती संगठनहरु भने यसको चर्को बिरोधमा उत्रिएका हुन् । प्रदेश नं. ४ तमुहरुको आदिम थलो भएको र यसको नाममा कही न कही तमुवान राख्नुपर्ने उनिहरुको तर्क थियो । सदनबाट भारी बहुमतले पारित भएपछी उनीहरुले अर्थमन्त्री किरण गुरुङ लगायत समानुपातिक सांसदहरुलाई सामाजिक बहिस्कार गर्ने देखी पुत्ता दहन र प्रदेश बन्द सम्मको कार्यक्रम अघि सारेका छन् । नामका बारेमा पुनबिचार नगरे अझ शसक्त कदम अगाडी सार्ने उनीहरुको भनाई छ ।
सोमबार पनि गण्डकी प्रदेश बन्द भयो भने पोखरामा बिहानै देखी बन्दकर्ता देखा परे । पोखराका केही चोकमा कार्यकर्ता र नेताहरुले पहरा दिईरहेका छन् । संघर्ष समितिकी संयोजक कर्मा तमुले तमुवान मगरात भनेको जातिय राज्य नभएको भन्दै यो पहिचान भएको बताउनुभयो । उहाँले यो संघर्ष बाहुन क्षेत्रीका लागी नभएको स्पष्ट पार्नुभयो । उहाँले तमुवान मगरात नभएसम्म आन्दोलन नरोकिने समेत बताउनुभयो ।

 

प्रतिक्रिया