नेपालकै सबैभन्दा होची गायिका जसको स्वरमा छ यस्तो खतरा जादु [हेर्नुहोस भिडियो सहीत्]

इनेप्लिज २०७५ असार २६ गते १०:४७ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : शरीरको कद सानो हुँदैमा जीवनको गरिमा कह्ल्यै सानो हुंदैन। भौतिक शरीरको आवरणमा सुन्दरता खोज्नेहरुको लागि एउटा उदारणीय गायिका हुन् कुमारी तामाङ्ग। सिन्दुपल्चोकमा जन्मिएकी कुमारी तामाङ्गले सांगेतिक क्षेत्रमा भखरै पाइला राखेकी छिन्। उनी नेपालकै पहिलो होची गायिका हुन्।

सानो कद भएकी गायिका कुमारीको शरीरको उचाई करिब ३ फिट २ इन्च मात्रै छ। उनी अहिले २४ वर्ष पुगिन। उचाई सानो भएता पनि उनी चिटिक्क परेर हिड्ने गर्छिन। सुरिलो स्वर भएकी कुमारी गीत गाउन, नाच्नमा पनि निकै नै रुची राख्दछिन। उनी सिन्दूपालचोकबाट आफ्नो गायिका बन्ने सपना बोकेर काठमाडौँ आएकी हुन्। उनले आफ्नै लगानीमा ‘मेरो भाग्यको दर्पण तीमी हौ’ बोलको पहिलो गीत रेकर्ड गराएकी छिन्। उनी अहिले धेरै अन्तर्वार्ताहरुमा वेस्त छिन्।

उनी धेरै नेपाली फिल्म पनि धेरै हेर्ने गर्छिन। उनलाई मनपर्ने नायक आरयन सिक्देल र सलिनमान बानियाँ हुन्। उनले यी दुई नायकका अभिनय गरेर पिएनपिखबरमा कुराकानी देखाइन। उनी अब अर्को गीतको पनि तयारी गर्दै छिन्। धेरै रमाईलो गर्ने मनपराउने गायिका कुमारीलाई स्टेज प्रोग्राम गर्ने इच्छा व्यक्त गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया