परिश्रमीलाई “गज़ल महारथी” सम्मान

इनेप्लिज २०७५ असार २६ गते २२:१३ मा प्रकाशित

आकाश शर्मा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले गज़लकार घनश्याम न्यौपाने परिश्रमीलाई‘समसामयिक गजल महारथी’ सम्मानबाट सम्मानित गरेको छ | बोस्टनमा आयोजित एक कार्यक्रममा साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली सहित्यसमाजका केन्द्रीय महासचिव गोवर्धन पूजाले उहाँलाई सम्मान पत्र प्रदान गर्नु भएको हो |

अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्ष हरिप्रसाद काफ्लेको संयोजकत्वमा आयोजित कार्यक्रममा सम्मानित परिश्रमीले आफ्नो गज़ल लेखनको बारेमा जानकारी दिदै गज़लको सस्थागत विकासमा गज़लकार गोवर्धन पूजाको योगदानका बारेमा प्रकाश पार्नु भयो | उहाँले भन्नु भयो- ” गज़ल मंचको स्थापना गर्ने गोवर्धन पूजाको गज़लको सस्थागत बिकासमा ठूलो योगदान छ |”

कार्यक्रममा लालगोपाल सुवेदी, हरि थापा, महेश्वर पन्त, बिजय शर्मा, तृष्णा शर्मा, सुशील नेपाललगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया