मंगलबार, साउन १ २०७५ | Tue, July 17, 2018
नेपालको समय: ११:४८ | Washington DC: 02:03

बेलायतमा नेपाल कपको उपाधि लडाकु बटालियनले चुम्यो

रोशन मेवाहाङ्ग –
लण्डन, आषाढ २७,२०७५ । नेपालबाट धेरै टाढाको देश प्रवासी भूमिमा रहेपनि बेलायतमा नेपाली फुटबलप्रतियोगिता निकै चर्चित र आकर्षण बन्दै आएको पाईन्छ ।

अल्डरसट स्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा हरेक बर्ष नेपाल कप फुटबल प्रतियोगिताकोप्रतिस्प्रर्धा सम्पन्न भएको छ । यो प्रतियोगिता व्रिगेड अफ गोर्खाजमा कार्यरत बेलायती गोर्खा सैनिकहरु माँभमात्र गरिने फुटबल प्रतिस्प्रर्धा हो ।
नेपाल कपको फाईनल खेलमा दोस्रो गोर्खा बटालियनले पहिलो गोर्खा बटालियनलाई ३–२ ले हराउदै नेपालकप प्रतियोगिताको उपाधि हात पारेको हो । नितान्त विग्रेड अफ गोर्खाजको प्रायोजनमा हरेक बर्ष हुने नेपालकप प्रतियोगिताको यो बर्ष ६८ औ संस्करण हो ।

३ बर्षका लागि ब्रुनाई राजदरबारकालागि सुरक्षामा खटिएका दोस्रो गोर्खा बटालियनको यो दोस्रो जित हो । विजयी टिमलाई फुलमालाले सजिएको गाडिमा चढ़ाएर आर्मि ब्यारेक परिसर भित्र परिक्रमा गराउदै उक्त बटालियनका गुल्मापति कर्णेल जेसि मुरेले खादा र अंबिर लगाउदै बधाई साथै स्वागत गरेका थिए ।

बेलायतको नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित मानिने नेपाल कप नेपालको पूर्वप्रधानमंन्त्री महाराजा मोहन शमशेर जंगबहादुर राणाले गोर्खा विग्रेड भारतबाट स्वतन्त्र भएपछि सन १९४७ बाटनेपाल कपको थालनी गराएका थिए । यो बर्षको प्रतियोगितामा दोस्रो गोर्खा बटालियन, क्वीन्स गोर्खाइन्जिनियर,तालिम केन्द्र क्याट्ररिक,गोर्खा मण्डले,गोर्खा सिताङ,पहिलो गोर्खा बटालियन,क्वीन्स गोर्खासिङ्नल,क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट,क्लोज सर्पोट टु«प्स्, गोर्खा स्टाफ पर्सनल सर्पोट कम्पनि(जियस पियस), विशिष्ट हतियार स्कुल,टयावेलेटो कम्पनी वार्मिनिस्टर, आर्क बटालिन लगायत १२ टिमलेरवाफिलो प्रतिश्पर्धा गरेका थिए ।

गत मे मा विग्रेड अफ गोर्खाज मुख्य कार्यलयका परियोजना अधिकृत क्याप्टेन डिल्लीकुमार राईले गोर्खा रेडियोमार्फत खेल तालिका सार्वजनिक गरेका थिए । उक्त सार्वजनिक समारोहमा वारेन्ट अफिसर टु गंगा गुरुङ्गसमेत उपस्थित थिए । नेपाल कप विग्रेड अफ गोर्खाज भित्र विशेष महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिन्छ ।प्रवासी भूमिमा रहेका भुपु गोर्खा,कार्यरत गोर्खा सैनिक र सबै नेपालीहरु माँझ भेटघाट र मनोरन्जन गरिने मुख्यउदेश्य हुन् । अहिलेको आधुनिक परिवेशमा प्रेमी प्रेमिका, ईष्टमित्र,आफन्त र हितैसी दौंतरीहरु समेत भेटघाटहुने समावेशीताको चर्को उधारण बनेको पाइन्छ । झण्डै हजारौ दर्शक प्रत्येक बर्ष सहभागी रहनेप्रतियोगितालाई वियफ वियस गोर्खा रेडियोका प्रस्तोता रुपा राणाले प्रत्यक्ष प्रसारण गरेकी थिईन ।

नेपाल कप
अल्डरसट सैनिक ग्यारिजनको रंगशालामा २९ जुनबाट नकाउट चरण सुरुवात गरिएको थियो । क्वीन ओनगोर्खा रेजिमेन्टलाई सेमिफाइनलमा हराउदै दोस्रो गोर्खा बटालियन फाईनल खेलमा प्रवेश गरेको हो । दोस्रोगोर्खा बटालियनले सन २०१३ मा टिम प्रबन्धक वारेन्ट अफिसर टु ईन्टेक ९९ का अरुणहाङ नेम्बाङकोनेतृत्वमा ईतिहासमै पहिलो पटक नेपाल कपको उपाधि जिताएका थिए । यो बर्ष भने, टिम क्याप्टेन जिवनराईको पहलमा दोस्रो पटक यस बटालियनले कपको उपाधि हात पारेका हुन । सनिबार भएको फाइनलखेलमा पहिलो र दोस्रो गोर्खा बटालियनले फाइनल खेलको प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनलखेलमा दोस्रो गोर्खा बटालियनका रिशी थापाले पहिलो गोल गदै आफनो समुहलाई अग्रता दिलाएका थिए ।पहिलो हाफ खेलको ३५ औ मिनेटमा पुन दोस्रो गोल उक्त बटालियनले गरेका थिए ।
दोस्रो हाफको ६५ औ मिनटमा पहिलो गोर्खा बटालियनका जर्सी नंम्बर १६ आकाश थापाले प्रहार गरेको गोललाई विपक्ष टिमका गोल रक्षक हेमन्तले निर्मल गर्न असफल बनेका थिए । उक्त खेलको ७५औ मिनटमा पहिलो गोर्खा बटालियनले पेनाल्टि पाएका थिए । उक्त पेनाल्टिलाई सहि सदुपयोग गर्दै जर्सी नंम्बर १४ बसन्त गुरुगले पेनाल्टि गोल गरेका थिए । दोस्रो हाफको निर्धारित समय सम्म दुबै पक्ष २-२ बराबरीमा सकिएको कारण आयोजकले ३० मिनटको गोल्डेन बल खेलाएका थिए । गोल्डेन बलको ११ औ मिनटमा दोस्तों गोरियाँ बटालियनले गोल्डन बल दर्जा पहिले गोर्खा बटालियनको नेपाल तर्कों उपाधि चुम्ने सपना असुरों पारेका थिए । प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षक दोस्रो गोर्खा बटालियनका गोल रक्षक हेमन्त राई घोषित भएका थिए।

 

नेपाल कपको उपाधि
विग्रेड अफ गोर्खाज हङ्गकङ्गमा रहदा विशाल प्रतियोगिता हुने पूर्व भूपु गोर्खा विजय लिम्बु बताउँछन् । नेपालकपको उपाधि जित्ने खेलाडिहरुलाई बटालियनका गुल्मापतिले खेल मैदानमै पदोन्नती दिन्थे । जस्ले गर्दाखेलाडिहरुलाई सोतह उत्साह र प्रोत्साहन मिलेको स्मरण गराउँछन् । कालन्तरमा आईरहदा नेपाल कपकोक्रेज घट्दै गएको र खेलकुदमा नभएर काममै धेरै व्यस्तता रहेको अनुभव सुनाए । फाइनल खेलको दर्शकदिर्घामा रहेका सुनसरी धरान निवासी लबकुमार राई र बेलायत निवासी टेरी रेन अचानक भेट भएका थिए ।उनिहरुले ४५ बर्ष अघि क्वीन्स सिङ्नलबाट खेल खेलेका थिए ।

काठमाण्डौं कप
४ प्रतिस्पर्धी समूहले भाग लिएको सो प्रतियोगितामा अवकाश भएका गोर्खा सैनिकहरु भेट्रानतर्र्फ खेलिनेप्रतियोगितालाई काठमाण्डौं कप भन्ने गरिन्छ । विग्रेड अफ गोर्खाजले सन १९९७ मा हङकङ छाडेर बेलायतआएपछि काठमाण्डौं कप सुरुवात गरेका हुन् । काठमाण्डौ कपको फाईनल खेलमा क्वीन ओन गोर्खाबटालियनलाई क्विन्स गोर्खा सिङ्नलले 5–1 को बिरुद्घ गोल गर्दै शिल्ड हात पारेको हो । काठमाण्डौं कपकोप्रतियोगितामा क्विन्स गोर्खा ईन्जिनियर, क्विन्स गोर्खा सिङ्नल, क्विन्स गोर्खा लजेस्ट्रिक र आर जि आर लगायत४ टिमहरुले रवाफिलो प्रतिश्पर्धा गरेका थिए । प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेताटीमहरुलाई नेपाल कपका प्रमुख कर्णेल जेम्स् रविन्सनले नेपाल कपको शिल्ड र पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको मुख्य आकर्षण;
खेलको उद्घघाटन समारोहमा गोर्खा व्रिगेड अफ व्यान्ड र विग्रेडका पाइप एण्ड ड्रम्स्को सयुक्त विशेष प्रस्तुतीरहेको कार्यक्रममा,च्यारिटी तथा व्यापारिक स्टलहरु,गोर्खा ट्रष्ट,गोर्खा म्युजियम,खानाका स्टलहरु, स–सानानानीहरुकालागि मनोरन्जनात्मक खेल खेलिने स्थान नेपाल कपका मुख्य आकर्षण रहेका थिए । विग्रेड भेलाकोेरुपमा मानिने प्रतियोगितालाई नेपाली दूतावास लण्डन, गैर आवासीय नेपाली संघ बेलायत, नेपालीसमुदायहरुले समेत साथ दिदै आएका छन् ।

बेलायतमा रहेका प्रत्येक नेपालीहरु, नानी केटाकेटी, बृद्वबृद्वा, छोरीचेली र आफ्न्तहरुमाँझ भेटघाट गर्ने शुभअवशर मिलोस साथै उक्त प्रतियोगिता खेलाडीहरुको केहिहद सम्म खेलमा प्रगती होस साथै खेल खेलेर भरपुरमनोरन्जन मिलोस भन्ने उदेश्यले हरेक बर्ष विगे्रड भेला तथा प्रतिस्पर्धात्मक फुटबल खेल प्रतियोगिताकोआयोजना गदै आएको नेपाल कपका प्रमुख संयोजक कर्णेल जेम्स् रविन्सनले बताए ।

२०७५ असार २६ गते २२:२५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी