रोग नै पत्ता नलागेर एउटा खुट्टा गुमाएपछि सानीमाया मिडियामा भावुक भईन् [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ असार २७ गते १०:५५ मा प्रकाशित

पिखबर, भक्तपुर। सिन्धुपाल्चोक, साँगाचोकमा घर भएकी सानुमाया तामाङ हाल जोरपाटीमा आफ्नो घरपरिवारसँग बस्दै आएकी छिन्। घरमा उनको दुइजना छोरा र श्रीमान छन्। जोरपाटी बस्न थालेको पनि करिब ८ – ९ वर्ष भइसकेको उनको ठम्माई छ।

सानीमाया तामाङको देब्रे खुट्टा काटिएको छ। उनको दाहिने खुट्टा पनि खासै राम्ररी चल्दैन। उनले देब्रे खुट्टामा कृतिम खुट्टा हालेकी छिन्। बैसाखीको शाहारामा उनी केहि हद सम्म त हिडडुल गर्न सक्छिन्। तर उनी गरुङ्गो भारी बोक्ने, गार्हो खालको काम गर्ने गर्न चाही सक्दिनन्।

उनको खुट्टा अपांग भएको अहिले १२ वर्ष भइसकेको छ। शुरुवातमा उनको खुट्टा झम्झमाउने हुन्थ्यो। त्यसपश्चात उनको खुट्टा कालो हुदै गयो। करिब ४० दिनको अस्पताल बसाई पछि नशाको समस्या भनेर उनको देब्रे खुट्टा काटियो।

अचानक आफ्नो खुट्टा गुमाउनुको पिडा सम्झिदै उनले भनिन्, ‘मलाई त्यो बेला मर्नु जस्तै भएको थियो। तर मलाई डाक्टरले हौसला दिनु भयो। अनि मलाई बाच्ने रहर जागेर आयो।’

उनी भन्छिन् , ‘काम गर्ने भन्दा पनि अराउने ठुलो हुन्छ भनेर काम गर्न नसके पनि म अरुलाई काम अराउछु र चित्त बुझाउछु।’ श्रीमानले दुखजिलो गरेर अहिले पाँचजनाको परिवार पलिरेहेको उनको भनाई रहेको छ।

सानीमाया गलैचा बुन्ने काम गर्थिन् र खुट्टा गुमाए पछि पनि सकिनसकी घरमा नै बसेर उनले गलैचा बुनिन्। अहिले चाही उनलाई धेरै नै असजिलो हुने भएकोले उनले गलैचा बुन्न सकेकी छैनन्। तर पनि एक खुट्टा टेकेर उनले सकेजति घरको काम गरिरहेकी हुन्छिन्। उनी अहिले घरमा खाना बनाउने, लुगा धुने, भाडा माझ्ने जस्ता घरका कामकाज गर्छिन्। यसरी नै बितिरहेको छ उनको जीवनचर्या।

जीवनको हरेक मोडमा साथसहयोग गर्ने परिवार भएपछि अहिले उनको जीवन जसोतसो बिचिरहेको छ।

प्रतिक्रिया