मंगलबार, साउन १ २०७५ | Tue, July 17, 2018
नेपालको समय: ११:४० | Washington DC: 01:55

बाबुकान्छा’ को अर्को गीत “मेरो पहिलो प्रेम ” भिडियो सहित

काठमाडौ, ंअसार २७  , असार २९ गते बाट रिलिज हुन लागेको चलचित्र‘बाबुकान्छा’ फिल्मको गीत  सार्वजनिक गरिएको छ “मेरो पहिलो प्रेम ” बोलको उक्त गीतको भिडियोमा फिल्मकै कलाकारहरू सलोन बस्नेत, करिश्मा श्रेष्ठले अभिनय गरेका छन ।
गीतमा कमल खत्री , सुधा रत्नको स्वर गीत तयार पारिएको छ  । युवा पुस्तामा गीत निकै लोकप्रिय बन्ने कुरामा  निमार्ण पक्षले अपेक्षा गरेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबुकान्छा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले तयार पारेका हुन् । फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।
हेर्नुहोस भिडियो

२०७५ असार २७ गते ११:०२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी