भानुको सम्झनामा दसगजादेखी भैरहवा सम्म साहित्यिक दौड

इनेप्लिज २०७५ असार २७ गते ११:२२ मा प्रकाशित

भैरहवा, असार २७ । साहित्यकारहरुले दौड प्रतियोगिता आयोजना गरेका छन् भन्दा अच्चम लाग्ला तर भैरहवामा यस्तै खाले कार्यक्रम हुदैछ । साहित्यको प्रचार प्रसारको लागि फरक ढंगले साहित्यिक दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

देशमा बेलाबेला विभिन्न किसिमका म्यारथन प्रतियोगिता हुने गर्दछन् । तर साहित्यिक दौड प्रतियोगिता भने पहिलो पटक भैरहवामा हुने भएको हो ।

आदीकवि भानुभक्त आचर्यको २०५ औं जयन्तीको अवसर पारेर भैरहवामा नेपाल भारत सीमा क्षेत्र बेलहियादेखी भानु मावि सम्म खुल्ला साहित्यिक दौड प्रतियोगिता आयोजना हुन थालेको हो ।

सिद्धार्थनगरपालिका र सिद्धार्थ साहित्य परिषदको संयुक्त आयोजनामा हुने प्रतियोगिताका प्रथम हुनेले ८ हजार नगद, द्धितीय हुनेले ५ हजार र तृतिय हुनेले ३ हजार नगद प्राप्त गर्नेछन् ।

२८ गते विहान ७ बजे दसगजादेखी भैरहवाको भानु मावि सम्म साहित्यिक खुल्ला दौड हुने छ ।

प्रतिक्रिया