शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: ०९:३९ | Washington DC: 23:54

पासाङल्हामु राजमार्ग अवरुद्धv

रसुवा, २७ असार ।  गएरातिदेखि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार कालिका गाउँपािलका– १ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा डोजर बिग्रिएपछि सवारी आवागमन बन्द भएको छ ।

बिग्रिएको डोजर मर्मत गर्ने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका विभिन्न ठाउँमा थन्किएका प्रजिय पौडेलले जानकारी दिनुभयो ।

सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

२०७५ असार २७ गते ११:३० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी