बालिका हत्या गरेको अभियोगमा सौतेनी आमा पक्राउ

इनेप्लिज २०७५ असार २७ गते ११:३२ मा प्रकाशित

सुनसरी, २७ असार । बालिकाको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सौतेती छोरी ६ वर्षिया छोरी अपेक्षा लिम्बुको हत्या गरेको अभियोग लागेको छ । असार १ गते बालिका खाना खाई सुतेकोमा असार २ गते कोठामा बेहोश अवस्थामा फेला परेकी थिइन् ।

उपचारको लागि धरान घोपा लैजादैँ गर्दा बाटोमै मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा अपेक्षालाई उमाले घाँटी थिची हत्या गरेको खुल्न आएको हो प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया