शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: १५:४६ | Washington DC: 06:01

प्रथम मनमोहन स्मृति कराते शनिबार

काठमाडौँ, २७ असार ।  नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ ।

विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताअन्तर्गत पुरुषका लागि ११ र महिलाका लागि १० वटा प्रतियोगितात्मक खेल समावेश गरिएको छ ।

२०७५ असार २७ गते १२:१२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी