मंगलबार, साउन १ २०७५ | Tue, July 17, 2018
नेपालको समय: ११:५५ | Washington DC: 02:10

ब्राजिललाई हराएको बेल्जियमलाई पराजित गर्दै फ्रान्स पुग्यो फाइनलमा

मस्को, २७ असार । फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सबर्गमा मंगलबार राति भएको खेलमा युरोपेली देश बेल्जियमलाई १–० ले हराउँदै फ्रान्सले फाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा फ्रान्सका लागि ५१ औँ मिनेटमा सामुएल उमटिटीले गरेको गोल नै निर्णायक बन्यो । सन् १९९८ को विश्व विजेता २० वर्षपछि फेरि विश्व विजेता बन्ने सम्भावनाको नजिक पुगेको छ ।

उत्कृष्ट प्रदर्शनसहित रुसमा जारी विश्वकपमा आफूलाई स्थापित गरेको बेल्जियम भने निराश बन्यो । रोबर्टो मार्टिनेजको टिम २५ औँ खेलमा आएर पराजित भएको छ ।

क्वाटरफाइनलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

बेल्जियमले विश्वकपको सबैभन्दा सफल टिम पाँच पटकको विजेता ब्राजिलको सपना चकनाचुर पारेको थियो । क्वाटरफाइनलमा बेल्जियमले नेइमारको टिम ब्राजिललाई २–१ ले हरायो । तर सेमिफाइनलमा भने छिमेकी देश बेल्जियमसँग पराजित भयो ।

फ्रान्सले विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको यो छैटौँ पटक थियो । सुरुका तीन ९१९५८, १९८२ र १९८६० विश्वकपमा, जसमा फ्रान्स सेमिफाइनलमा पुगेको थियो, त्यसमा उ पराजित भएको थियो ।

प्रतिस्पर्धामा भने उसले जित निकाल्ने क्रम जारी राखेको छ । उसले सन् १९९८ मा त विश्वकपको उपाधि नै जित्यो भने सन् २००६ मा फाइनल खेल्यो ।

२०७५ असार २७ गते १२:१६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी